सगुन बस्नेत,
नेपालको बर्तमान अबस्था हेर्दा यो गठबन्धन अती आबश्यक रहेको र यही गठबन्धनले पुरै समय सरकार सञ्चालन गर्ने नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री बद्री पाण्डेले बताउँनु भएको छ । नेपाली काँग्रेसले सत्ताका लागी भन्दा पनी जनताका लागी काम गरिरहेको र आगामी दिनमा अझ जन पक्षीय काम गरेर जनताको मन जित्ने तर्फ पाटी लाग्ने बताउँदै बर्तमान गठबन्धनमा सरकारमा जाने मन्त्री फेरिन सक्छ गठबन्ध नफेरीने स्पष्ट पार्नु भएको छ। उँहाले प्रेस युनियन सिन्धुपाल्चोकको छैठौ साधरण सभाको मेलम्चीमा उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले हरेक परिबर्तनमा सञ्चारकर्मीको महत्वपुर्ण भुमिका हुने गरेकोले त्यस्तो महत्वपुर्ण पेशामा रहेका सञ्चार कर्मीको हक हित र संरक्षणका लागी प्रेस युनियनको भुमिका ठुलो रहने बताउँनु भयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य उर्मीला थपलीयाले देस बिकासका लागी सरकार र नागरिकको बिचमा पुलको काम गरिरहेको बताउँदै प्रेस युनियनको अबिधेशनको सफलताको कामना गर्नु भयो ।
कार्यक्रममा बागमती प्रदेस सभा सदस्य कृष्ण कुमार तामाङ समिरले आफु जहीले पनी श्रमजिबी पत्रकारको पक्षमा रहेको र पत्रकार हरुको माग प्रती आफु र बागमती प्रदेस सरकार सकारात्मक रहेको पत्रकारहर सँग हातेमालो गर्दै केन्द्रीय सरकार सँग पत्रकारहरुका जायजमागलाइ पुरा गराउँनका लागी लागी पर्ने बताउँनु भयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ,प्रेस सेण्टर सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष प्रेस चौतारि नेपालका बिदुर आचार्य, प्रेस युनियन काठमाण्डौका पुर्ब अध्यक्ष तथा सन्धुपाल्चोकका पुर्ब सचिब जगनाथ दुलाल,प्रेस युनियन ललितपुरका अध्यक्ष केदार दाहाल,नेपाल पत्रकार महासङ्घका सिन्धुशाखाका अध्यक्ष जीवन श्रेष्ठ,पुर्ब सभापति सुर्य प्रसाद न्यौपाने,सुदर्शन आचार्य,विष्णु प्रसाद न्यौपाने,प्रेस युनियन बागमतिका अध्यक्ष युवराज पुरी महासमिती सदस्य बंशलाल तामाङ बागमती प्रदेस सदस्य कुमार दाहल, नेपाली काँग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा,पुर्ब जिल्ला सभापती भुपेन्द्र बहादुर थापा,कार्यक्रममा माहधिबेशन प्रती निधी बिल बहादुर तामाङ,भरत खड्का,लगाएतले नेपालको ब्यवस्था परिबर्तन का लागी भएका हरेक आन्दोलनमा पत्रकारहरको महत्वपुर्ण योगदान रहेकाले यो योगदानको कदर गर्न पर्ने बताउँनु भयो ।
अधिबेशन बाट किशोर बुढाथोकीलाइ अध्यक्षमा मनोनित गरेको छ । कार्य समितीको सदस्यमा नाम राखेको प्रती नेत्र बहादुर बस्नेतले आपती जनाउँदै आफु कुनै पनी पदमा नरहेको जानकारी गराउँनु भयो ।
