सम्पर्क

सुनकोशीको माझीबस्तीमा बाल विवाह विरुद्ध कार्यक्रम

 सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ३ उखुबारीको माझिबस्तीमा बाल विवाह विरुद्ध सचेतना तथा सशक्तीकरण कार्यक्रम गरिएको छ । सुनकोशी गाउँपालिकाको आर्थीक सहयोग र नेत्रज्योती मिडिया हाउस प्रा.लिको आयोजना शनिबार सुनकोशी –३ माझिबस्तीमा कार्यक्रम सम्पन्न भएको हो । ३ नम्बर वडा अध्यक्ष ईश्वर तामाङले कार्यक्रमको उद्धघाटन गर्र्दै वाल विवाह गर्नु अपराध सरह भएको बताउँर्दै कानुनले बन्देज गरेका कुनै पनी काम कसैले पनी गर्न नहुने बताउँनुभयो । उहाँले आफ्नो वडामा यस्ता महत्वपुर्ण कार्यक्रम गरेर यँहाका नागरिकलाई शिक्षा दिएकोमा आयोजकलाई धन्यबाद दिदै आगामी दिनमा पनी यस्ता सचेतना कार्यक्रमको आयोजना गरिरहन अनुरोध गर्नुभयो । वडा अध्यक्ष तामाङले मोवाईलका फेसबुकमा लभ परेर बिहे गरेका महिलाले पछी आत्महत्या गरेको तितो अनुभव सुनाउँदै उमेर नपुगी गरिएको विवाहका कारण यस्तो समस्या आई ज्यानै गुमाउँन परेको हुँदा यस्तो कार्य रोक्नका लागी यस कार्यक्रमले ठुलो सहयोग पुग्ने बताउँनुभयो ।कार्यक्रममा सहजीकरण गर्दै नेपाल बार एशोसियसन जिल्ला बार ईकाई अध्यक्ष भुपेन्द्र बहादुर तामाङ थिङले कार्यक्रममा बाल विवाह हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनिकरणको लागि चाल्नु पर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा जनकारी दिनुएको थियो । यसैक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहर िनिरिक्षक हरीबोल के.सीले अभिभाबकहरु र किशोर किशोरीहरुलाइ बालविवाह न्युनिकरण तथा रोकथाम, बालविवाहका नकारात्मक पक्ष, बालविवाहले सामाजिक अथवा व्यक्तिगत रुपमा पार्ने असर लगायतका बिषयमा बताउनुभएको थियो । कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक टिका पराजुलिले विद्यालयमा मिडिया हाउसले सञ्चालन गरेको कार्यक्रमहरुले बालबालिका ज्ञान र चेतना बृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । त्यस्तै सुनकोशी गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख प्रतिमा कार्कीले आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बाल विवाह भइरहेको भन्दै बाल विवाह न्यूनिकरणको लागि स्वयम् बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो । उहाँले छिटै बाल मेैत्री वडा घोषण गर्न लागीएको समेत जानकारी दिनुभयो । नेत्रज्योती मिडिया हाउस प्रा.लिको व्यवस्थापक कुमार बस्नेतको सभापतित्वमा शनिबार सुनकोशी –३ माझिबस्तीमा कार्यक्रम सम्पन्न भएको छ । पाँच बर्षकै उमेरमा आफुले बिहे गर्न परेको पिडा सुनाउँदै कार्यक्रममा सहभागी टिका माँयाले यस्तो चेतान मुलक कार्यक्रम गरेर सबैको आँखा खोलिदिएकोमा खुशी ब्यक्त गर्दै आफुले नजान्दा आफ्ना अभिभावकले नजान्दा आफुले धेरै दुख भोगेको बताउँनु भयो ।