सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ को पहरी वस्तीमा बालविवाह बिरुद्धको सचेतना तथा सशक्तीकरण कार्यक्रम भएको छ ।
सुनकोशी गाउँपालिकाको आर्थीक सहयोग र नेत्रज्योती मिडीया हाउस प्रालीद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक हरीबोल केसीले २० बर्ष उमेर नपुगी बिवाह गर्नेलाई वालविवाह भनिन्छ भन्नुहँुदै उमेर नपुगी गरिएका विवाह स्वतः बदर हुने व्यवस्था छ । कानुनले बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद र ३० हजार रुपियाँसम्म जरिवानाको गरिने बताउँनुभयो ।
त्यसैगरी अधिबक्ता नबीन घिमिरेले वालविवाह गर्नेलाई कँही कतैबाट पनी छुट नहुने हूँदा यसो गर्न त के सल्लाह समेत दिन नहुने बताउँनु भयो । पहरी बस्तीको बालशिक्षा आधारभुत बिद्यालयमा भएको कार्यक्रममा सहभागहिरुलाई वडा सचिब कुल प्रसाद सापकोटाले शब्दद्धारा स्वागत गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष कुमार शाहिले आफ्नो वडामा रहेको पहरी वस्ती संरक्षणका लागी पालिकाद्धारा प्रथमिकता क्रममा राखेको र मिडिया हाउसलेपनी यस बस्तीका नागरिकका लागी सचेतना कार्यक्रम गरि वालविहा रोक्ने काममा सहजीकरण गरिदिएकोमा धन्यबाद दिनुभयो ।
जिल्ला प्रहरी कार्यलयका कञ्चन सुर्खेती, सुनकोशी गाँउपालिकाका सामाजिक बिकास शाखाको प्रमुख प्रतिमा कार्की, वडा सदस्य रेल बहादुर पहरी समाजसेवी स्थानीय बिद्यालयका शिक्षक प्रकाश न्यौपाने पहरी समाज क्लब लगाएतको बिशेष अतिथ्यतामा भएको कार्यक्रम लोकप्रिय नेत्रज्योती सञ्चार समुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले सञ्चालन गर्नु भएको थियो । सहभागीहरको तर्फ बाट बोल्दै भुपाल पहरलिे आफ्नो घर आँगनमा आएर यस्ता शिक्षा दिएकोमा मिडीया हाउसलाई धन्यबाद भन्नुभयो ।

