आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्म मेलम्ची नगरपालिका तथा
मातहतका कार्यालयहरुबाट भएगरेका कार्यहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मेलम्चीमा बुधबार सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाको आयोजना तथा रेडियो मेसिनको सहजीकरणमा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नगरले समृद्ध मेलम्ची निर्माणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नगरले गरेका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह समेत गर्नुका साथै
सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु भएको हो ।
उहाँले विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउँदै तामाङले नगरले गर्ने विकासमा सबैले अपनत्व महशुस गर्न सक्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा उपप्रमुख उमा प्रधानले योजनाहरुको अनुगमन र मूल्यांकन पछि मात्र भुक्तानी दिने गरेको बताउनुभयो । उहाँले कामको गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको स्पष्ट पार्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कृषि क्षेत्रको विकासका लागि आबश्यक कार्यक्रम अघि बढाइने बताउनुभयो । उहाँले आएका सुझावलाई कार्यान्वयनमा लाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले आएका जिज्ञासाहरुको जवाफ दिनुभएको थियो ।
