सम्पर्क

हर्रेमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १० हर्रेमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार मृत्यु हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका १३ को २२ वर्षीय सुनिल चौलागाई रहेका छन् ।
चौतारा बन्देउ सडक खण्डमा चौताराबाट बन्देउ तर्फ आउदै गरेको बा.८३ प. ६४३८ नं. र बिपरित दिशाबाट जादै गरेको बा.प्र. ०६(०२ प ५०९८ नं. को मोटरसाईकल एकापसमा ठक्कर खाएको थियो ।
दुर्घटनामा गम्भिर घाइते बा. ८३ प. ६४३८ नं. को मोटरसाइकल चालक चौलागाईको उपचारका लागि चौतारा अस्पतालमा ल्याई चिकित्सकले हेर्दा मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्को बा.प्र. ०६(०२ प ५०९८ नं. को मोटरसाईकले चालक चौतारा साँगाचोकगढी नगरपालिका– ५ का ४५ बर्षीय दिपेन्द्र घलेको अबस्था सामान्य रहेको जिल्ला प्रहरी नायव निरिक्षक मनोज कुमार यादबले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाईते घले र दुबै मोटरसाईक प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।