सम्पर्क

यस्ता छन् सिन्धुको SEE मा टप टेन विद्यार्थी विद्यालयहरु

पृथ्वीजंग पाण्डे /चौतरा
२०७९ को SEE (माध्यमिक शिक्षा परीक्षा) मा मेलम्चीघ्याङ्ग माबिका छात्र विवेक श्रेष्ठ र अस्विन तामाङले समान स्कोर ३.९५ जिपिए सहित जिल्ला प्रथम र दोस्रो हुन सफल भएका छन । जिल्ला तृतीय तथा छात्रा जिल्ला प्रथम स्थान वालशिक्षा माध्यमिक विद्यालय छात्रा संस्कृती चालिसेले ३.९ जिपिए प्राप्त गर्दा जिल्लाभरमा चौथो र पाचौं स्थान प्रगति माबिकी छात्राहरू खुसी श्रेष्ठ र सजना बस्नेतले पनि समान स्कोर ३.९ जिपिए नै प्राप्त गरेका छन । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकले जनाए अनुसार छैठौं स्थान सेतिदेवी पन्चकन्या माबिकी जेनिशा तामाङले ३.८८ जिपिए प्राप्त गरेकी छिन । वालशिक्षा माबिको राजिव न्यौपाने र सुमन खड्का, तेर्से माबिकी रनिशा देउजा तथा प्रगतिमाबिकी प्रशान्ता दुलालले समान स्कोर ३.८५ सहित सातौ ,आठौं ,नवौं र दशौ स्थान प्राप्त गर्दै टप टेन विद्यार्थी र विद्यालयहरु छनौट भएका छन । जिल्लाभर ४०२० विद्यार्थीहरु रहेकोमा परीक्षामा ३हजार ९ सय ६७ सामेल भएका थिए । जसमा प्राविधिक धारका १ सय ८८ जना र साधरण तर्फ ३७ सय ७९ जना विद्यार्थीहरु रहेका थिए । जसमा साधरणतर्फ ८१ जना र प्राविधिक तर्फ ११ जनाले ३.६ जिपिए भन्दा बढी स्कोर प्राप्त गरेका छन ।