बजार अनुगमनमा म्याद सकिएको समाग्री जफत
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको विभिन्न स्थानमा छड्के अनुगमन गरेको छ ।
बुधबार बाह्रबिसे बजारदेखी बलेफी बजारसम्म १७ वटा पसलमा गरिएको अनुगमनको क्रममा भेटिएको म्याद सकिएको समाग्री जफत गरिएको छ । बजार अनुगमनको क्रममा ३२ हजार चार सय ६० रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनुभयो । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मापदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले बताउनुभ...
