सम्पर्क

दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे निर्माणको लागी शिलान्यास

मेलम्ची नगरपालिका वडा नं. ६ र ७ जोड्ने दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे गर्ने कामको सोमबार शिलान्यास गरिएको छ । सोमबार मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङले सडक शिलान्यास गर्दै संघ र नगरपालिका मिलेर सडक स्तर उन्नति र कालोपत्रेको लागी बजेट ब्यबस्था गरि अहिले काम सुरु भएको बताउनुभयो । उहाँले बहुबर्षिय योजना भएकाले अहिले २ करोड रुपैयाँको काम हुने जानकारी दिनुभयो । उहाँले तालामाराङ भट्टार पुलका लागी प्रदेश र संघलाई नगरसभाबाट सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले नगरलाई समृद्ध बनाउन अहिलेको जनप्रतिनिधिको दायित्व र जिम्मेवारी भएकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, लगायतका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । निर्माणको जिम्मा पाएको श्री रुद्रादेवी बटुसफल जेभिले सडक कालोपत्रे,सोलिङ,ग्राभेल, नाला, वाल लगायतको काम २०८३ साल माघ सम्म सम्पन्न गर्नुपर्ने छ । तिन बर्से आयोजनाको ६ करोड ७८ लाख ५६ लाख रुपैयाँमा सम्झौता भएको छ ।
शिलान्यास कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु प्रेमबहादुर तामाङ, पासाङ तामाङ , किरणदिप खड्का, अमृत खनाल लगायतको उपस्थिती रहेको थियो ।