आगामी बर्ष बागमती प्रदेसका सबै बिद्यालयमा नर्सको सुबिधा पाउँने बागमती प्रदेश भौतिक तथा पुर्वाधार बिकास मन्त्री युवराज दुलालले बताउँनु भएको छ । 
मन्त्री दुलालले छात्रबास र बस सुबिधा मध्य एकको व्यवस्था गर्न आबश्यक रहेको र बिद्यालयलाई बस दिदा स्थायी रुपले सञ्चालन गर्ने स्थानीय सरकारको प्रतिबद्धता हुन पर्ने बताउँनु भयो ।
उहाँले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक बिद्यालय को ६४औ वार्षिक उत्सव तथा अभिभावक भेला तथा पूर्व बिद्यार्थी मिलन समारोहको उद्धघाटन गर्देै यस्तो बताउँनु भएको हो । मन्त्री दुलालले अब यसै बर्षदेखी बागमति प्रदेस भरका सबै माध्यमिक बिद्यालयहरुमा नर्सको व्यवस्था हुने बताउँनु हुँदै शिक्षण सिकाइमा प्रयोगात्मक शिक्षा बढी प्रभावकारी हुने बताउँनु भयो । मन्त्री दुलालले अब प्रदेस सरकार संघ सरकारले अब ठुलाठुला योजनामा मात्र लगानी गर्ने सानासाना बजेटका लागी स्थानीय सरकारले गर्ने बताउँदै बिकासका हरेक कार्यक्रमहरु स्थायित्व हुने बताउँनु भयो ।
कार्यक्रममा बिशेष अतिथी वडा नं. ११ का अध्यक्ष रोशनराज गिरीले डडुवा एक नमुना गाउँ भएकाले आफ्ना वडाका मानिसहरुलाई आगामी बर्ष गोलभेडा लगायत अन्य खेती गर्ने बारेमा सिक्न आउँने बताउँनु भयो । यसैगरी १४ नं. वडाका वडाअध्यक्ष उद्धव नेपालले वडा बिकासका लागी आफुले सकेको सहयोग गरिरहेको र गरिरहने बताउँनु भयो । पूर्ब वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बिद्यालयको शिक्षण सिकाइ नै उपलब्धी हुनपर्ने बताउँनु भयो ।
बिद्यालय व्यवस्थापन समितीका पुर्ब अध्यक्ष नेत्र बहादुर बस्नेतले बिद्यालयको शिक्षा सिकाइमा बिगतको बर्ष भन्दा उपलब्धी रहेको र आफ्नो कार्यकालमा सुरु गरिएको साउने खोला भरेर बिद्यालयको भलिबल खेल मैदान बनाउँन लागेको, कृषी प्राबिधिक बिद्यालय सञ्चालन गर्न लागेको र १२ कक्षा सम्म निःशुल्क गरेकोमा बिद्यालय व्यवस्थापन समिती बिद्यालय प्रशासनलाई बिशेष धन्यबाद दिदै भौतिक सुबिधा मात्र भएर हँदैन शिक्षा सिकाइमा प्रगती हुन पर्ने बताउँनु भयो ।
उहाँले असिने रानीटार र झ्याडीका बिद्याथीहरुलाई डडुवामा आउँन समस्या रहेकोले अन्यत्र जस्तै डडुवामा पनी स्कुल बसको व्यवस्था गर्न माग गर्दै बिद्यालयको शिक्षा सिकाइमा प्रतियोगात्मक शिक्षा दिनका लागि अनुरोध गर्दै डडुवामा निजी बिद्यालयलाई निरुत्साहित गरि सामुदायिक बिद्यालयलाई बलियो बनाउन लाग्नु भएकोमा प्रधानाध्यापक बद्री नेपाल बिव्यस अध्यक्ष जिवन कृष्ण नेपाल लगाएतलाई विशेष धन्यबाद दिनु भयो ।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिवनकृष्ण नेपालको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै प्रधानध्यापक बद्रि प्रसाद नेपालले बिद्यालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा, ५ कक्षा सम्म अंग्रेजी माध्यमबाट शिक्षा दिइएको र आगमी दिनमा खेल मैदान बनाउँने, कृषि प्राबिधिक बिद्यालय बनाउँने योजना रहेको बताउँनु भयो । 
कार्यक्रममा उत्कृष्ट शिक्षिकाजानुका न्यौपाने लगाएत, अभिभावक र बिद्याथीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक केवल कक्षपतीले गर्नु भएको थियो भने पुर्ब बिद्यार्थी,शिक्षक अभिावक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुको सस्कृती कार्यक्रमको प्रस्तुती रोचक रहेको थियो ।
