सम्पर्क

हेलम्बु जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटना भएको प्रहरिले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा पाँच घाईते छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको छ । घाईते नेपाली ड्राईभर सिन्धुपाल्चोक हेलम्बु गा.पा.२ का ४२ बर्षका रामचन्द्र भण्डारी रहेका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।
घाईतेहरूलाई उद्धार गरि उपचारका लागि फिस्टेल एयरको हेलिटप्टरद्वारा काठमाडौं लगिएको प्रहरिले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।