सम्पर्क

पाल्चोक माविले मनायो ३५औं बार्षिकोत्सव

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ३ स्थित पाल्चोक माध्यमिक विद्यालयले ३५औं बार्षिक उत्सव भव्यताका साथ मनाएको छ । शनिबार कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुमा ब्याच्लर सम्म निशुल्कः अध्ययनको ब्यबस्था गरिने बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षा निशुल्क भएमा मात्र स्थानीयको जिवनयापन सहज हुने बताउनुभयो । उहाँले काठमाडौ तथा बिदेश गएर पढदा खर्च धेरै हुने भएकाले अब हेलम्बुमै सिकाइ केन्द्र स्थापना गरिएको , विभिन्न बिषयको पढाइ सुरु गरिएको बताउनुभयो । उहाँले अभिभावक , शिक्षक र विद्यार्थी सबै मिलेर गाउँमै बस्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । डाक्टर पढ्ने देखि धेरैलाइ पालिकाले सहयोग गरेको उहाले बताउनुभयो । प्रधानाध्यापक नेत्र भुजेलले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा मेलम्ची ७ का अध्यक्ष पासाङ तामाङ , हेलम्बुका कार्यपालिका सदस्य उर्गेन लामा, समाजसेवी जिमि तामाङ लगायतको उपस्थिति रहेको थियो भने विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रताप लामाको अध्यक्षताम भएको हो ।