सिन्धुपाल्चोक जिल्लाको मेलम्ची –७ दुवाचौर स्थित रहेको श्री बाल सुधार माध्यमिक विद्यालयमा अध्ययन गरि हाल विभिन्न ठाउँमा रहेका भुतपुर्व विद्यार्थीहरुको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ ।
भुतपुर्व विद्यार्थी भेला आह्वान मुल समितीको आयोजनामा भएको भेलाले प्रदिप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरुमा देवराज सुवेदी, कृष्ण ढुंगाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन हुनुभएको छ । साथै भेलाले बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना बनाउनेतर्फ लाग्न आह्वान गर्नुभयो । साथै यसमा वडा सधैं साथमा रहेको र सहयोग गर्न तयार रहेको उहाँको भनाई छ । यस्तो कार्यले दुवाचौरलाई समृद्ध बनाउन र विद्यालय लगायत संस्था संचालन गर्न सहकार्य महत्त्वपूर्ण हुने बिद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठको भनाई छ ।
सल्लाहकार समितीका संयोजक तथा पुर्व प्रधानाध्यापक श्रेष्ठले यसका लागि बिगतमा पनि यस्ता प्रयास प्रयास भएको तर सफल नभएको बथाउँदै अब भने सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । तदर्थ समिती बनाएर एक जुट भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । यहाँको शिक्षाको गुणस्तर वृद्धि गर्न सहयोग गर्न सकिने बथाउँदै भौतिक संरचना बनिसकेको र अब शिक्षा सुधारका लागि छात्रवृत्ति लगायत सामाजिक कामका लागी भिन्न स्थानमा छरिएर रहेका पुर्व विद्यार्थी एक जुट हुन आवश्यक रहेको उहाँको धारणा थियो । समितिका अध्यक्ष पुरीले अब पुर्व बिद्यार्थी जुटेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्नु पर्ने बथाउँदै प्रतिस्पर्धामा बिक्ने गरि पढ्न बाताबरण बनाउनपर्नेमा जोड दिनुभयो । सबैलाइ समिती बनाएर समेट्न यो भेला आह्वान गरिएको पनि उहाँले जानकारी दिनुभयो । प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङ, बिब्यस अध्यक्ष नवराज सुवेदी, पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष सुदर्शन सुवेदी , प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठ लगायत उपस्थित रहेको भेलामा नवीन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अध्यक्ष सुवेदीले शैक्षिक गुणस्तर सुधार गर्न भै रहेको प्रयासबारे जानकारी गराउनुभयो ।भेलाको कार्यक्रम प्रदिप पुरिले सञ्चालन गर्नुभएको थियो ।
