सम्पर्क

सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समूहको साधरणसभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला स्थित चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७मा रहेको सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ७का वडा अध्यक्ष डम्बर बहादुर तामाङ को प्रमुख अतिथ्यता र समुहका अध्यक्ष बिजय नेपालको अध्यक्षतामा सम्पन्न भएको समुहको साधरण सभाले वन संरक्षण का साथै बिभिन्न निर्णय हरु गरेको छ । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी तामाङले खेर गइरहेको वनको संरक्षण गर्न समुहले खेलेको भुमिकाको प्रशंसा गर्देै सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहले गरेका कामहरुले वडाको पहीचान दिएको बताउँनु भयो ।कार्यक्रममा विशेष अतिथि रुपमा बोल्दै पुर्व वडाध्यक्ष उमाप्रसाद दुलालले सामुदयीक बन समुह ले विगत देखी धेरै राम्रा कामहरु गर्दै आएको बताउँनुभयो , सामुदायिक वन उपभोक्ता महासंघमा सिन्धुपाल्चोक अध्यक्ष जनक गिरि, चौतारा नगर अध्यक्ष ऋषिराम नेपाल, वडा सदस्यहरु, विभिन्न राजनिती दल, संस्था तथा सामुदायिक वन समुहका प्रतिनिधि लगाएतको उपस्थितीमा सभा सम्पन्न भएको सस्थाका अध्यक्ष बिजय नेपालले जानकारी दिनु भयो ।