सम्पर्क

स्वाभिमानी बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारणसभा चौतारामा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको स्वाभिमानी बहुउद्धेश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारणसभा शनिबार चौतारामा सम्पन्न भएको छ ।  सहिद स्मृति भवन चौतारामा भएको साधारण सभाले गत बर्ष गरेको सात लाख चौतिस हजार ५ सय बाह्र रुपैयाँको आम्दानी खर्चको अनुमनोदन गर्दै सहकारीबाट सञ्चालित गार्मेन्ट सञ्चालन गर्ने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक संयोजक गणेश विक र वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको साधरण सभामा संस्थाका उपाध्यक्ष सुब्बा सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य राख्दै सुनचाँदी व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष समेत रहनुभएका सुनारले सहकारीको नीति र सिद्धान्त अनुसार सहकारीलाई अगाडि बढाउँन पर्ने बताउँदै सहकारी संस्थाको कार्यक्षेत्र नगर भरी भएको भएता पनी ९ वटा वडामा मात्र शाखा सञ्चालन भएकोमा अब १४ वटै वडामा शाखा सञ्चालन गरेर अगाडि बढ्ने नीति रहेको बताउँनु भयो ।सहकारी भनेकै थोपा थोपा जम्मा गरेर समुन्द्र बनाउँने हो । हामिले सुरु गरेको थोरै बचत अहिले लाखौ लाखको पुँजी बन्न सफल भएको छ, भन्नु हँुदै सहकारीले मानिसलाई बिकसित बनाएको बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर आर्थीक बिभागका संयोजक गणेश विकले गरिब बिपन्नहरुलाई आर्थिक जिवनलाई माथि उकास्नका लागि सहकारिको स्थापना भएको बताउनुभयो । राजनिति परिर्वतनलाई आर्थिक परिवर्तन गरेर गरिवको चुल्हो बाल्न सके मात्र परिवर्तनको महशुस हुने भएकाले यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उँहाले विपन्नहरुको आर्थिक समृद्धि र विकासमा टेवा पु¥याउने उदेश्यले सुरु भएको सहकारीको अभियान हाम्रो जस्तो विपन्नताले गाँजिएको मूलुकमा अझ झन प्रभावकारी रहेको बताउनुभयो । बिकले १४ वटै वडाका दलितहरुलाई समेटेर उनिहरुको जीवन स्तर उकास्नका लागि यो सहकारिले काम गरिरहेको बताउनुभयो । सहकारी संस्थाले विशेष गरि दलित समुदायका जिवन स्तर उकास्नका लागि स्थापित भएकोले यसको बिकासकम लागि १४ वटै वडाहरुमा यस सहकारिको शेयर सदस्य बनाउन सबै लागि पर्नु पर्ने बताउनु भयो । उहाँले अहिले केही सहकारी संस्थाका सञ्चालकहरुका कारण सहकारीमा केही समस्या देखिएका छन् । जहाँ सञ्चालकहरु खालि ब्यक्तिगत स्वार्थमा रहेर काम गर्छन त्यो सहकारी असफल हुने हँदा ब्यक्तिगत फाईदा भन्दा पनि सहकारिको नीति, सिद्धान्त मर्म अनुसार काम गरि सहकारी सिद्धान्त अनुसार चलेका सहकारी कहिल्यै पनि असफल नहुने बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष शिव श्रेष्ठले बिश्वमा सहकारी सिद्धान्तबाट गरिएका हरेक कामहरु सफलतामा रहेकाले सहकारी सिद्धान्तमा चल्न सबै सहकारीलाई अनुरोध गर्नु भयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका ५ बाट स्रोत र साधनले भ्याएसम्म आफुले उत्पादनमुखी सहकारी संस्थाहरुलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताउदै सहकारीका कारण धेरै मानिसहरुको आय आम्दानिमा बृद्धि भएको बताउँन भयो । उहाँले सहकारी संस्थाहरु उत्पादनमुखी, स्वरोजगारमुखी भए सहकारीको नीति, सिद्धान्तलाई लिएर अगाडी बढेका सहकारीहरुलाई वडाबाट गर्नसक्ने सहयोग गरिरहने बताउँनु भयो । उहाँले आयआर्जनका लागि सीपको आवश्यकता अपरिहार्य भएको भन्दै सीप हस्तान्तरणका लागि वडा र सिंगोपालिका तयार रहेको उल्लेख गर्नुभयो । यसैगरी सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले सहकारीले बचत गर्ने बानीको विकास गरेको उल्लेख गर्दै अब उत्पादन र आयआर्जनका लागि पनि सहकारीहरुको भूमिका उल्लेखनीय हुनुपर्नेमा जोड दिनुभयो । संस्थाका सचिव उषा विकले संस्थाको आयव्ययसँगै प्रगति र आगामी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा वडा नं. ५ का वडा सदस्य कोमलबहादुर विक भूमि बहुउदेश्य सहकारी संस्था काठमाण्डौंका अध्यक्ष अविरल गजमेज, नगर दलित समन्वय समितिका सदस्य अमर बहादुर विक, महाकालि बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव श्रेष्ठ, नगर अनुगमन समितिका सदस्य सुवास गौतम लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । संस्थाका अध्यक्ष हरि विकको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालन प्रल्हाद विकले गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष हरी विकले चौतारा साँगाचोकभित्रका ९ वटा वडामा आफ्नो सेवा विस्तार गरेको र बाँकी ५ वटा वडा पनि समेटेर १४ वटै वडामा नै सेवा विस्तार गरिने जानकारी दिनुभयो । सहकारी संस्थामा हाल सम्म ६८ महिला र ५३ पुरुष गरी जम्मा १२१ जना शेयर सदस्य रहेको संस्थाले जानकारी गराएको छ ।