सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको गाउँले सामुदायिक वन सहकारी संस्थाको १३ आंै बार्षीक साधरण सभा शनिबार सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धव नेपालले सभाको उद्धघाटन गर्नु भएको थियो । सभाको उद्धघाटन गर्दै नेपालले सहकारीताका माध्ययमबाट गरेका हरेक कामहरुको सफलताका कारण अहिले सहकारीप्रती वडाबासीहरुको बिश्वास बढ्दै गएको बताउँनु भयो । उहाँले वडा भित्र रहेका सहकारी सस्ंथाहरुको विकासका लागी आफुले सकेको सहयोग गरी रहेको बताउँनुभयो । उहाँले हरेक उत्पादनमुखी काम गरेर सहकारीताका माध्ययमबाट स्थानिय रोजगारका लागी सहयोग पु्र्याइ राखेका सहकारी संस्थाहरुलाई वडा कार्यालयबाट पनी सहयोग गरिरहेको बताउँनुभयो ।

सामुदायक वन अभियान्ता तथा सहकारी संस्थाका संस्थापक रामचन्द्र बस्नेतले एक आपसमा मिलेर काम गरिरहेका सहकारी संस्थाहरु आफै सक्षम हुनपर्ने बताउँदै सहकारीको अबधारणा अनुसार सबै अगाडी बढ्न पर्ने बताउँनु भयो । यसैगरी शिक्षाबिद लालबहादुर श्रेष्ठले सहकारीलाई वास्तविक सहकारीको रुपमा अगाडी बढाउँन सकेमात्र राम्रो हुने बताउँदै कहिले मिल्ने कहिले झगडा गर्ने गर्दा समाजमा त्यसले नराम्रो सन्देश दिने भएकाले सहकारी संस्थाका सञ्चालकहरु एक आपसमा मिलेर काम गर्नपर्ने बताउँनु भयो । उहाँले सहकारी कुनै राजनिति दल बिशेषको नभएर सबैको साझा हुँनपर्ने बताउँनु हुँदै गाउँका मानिसहरुले दुःख गरेर जम्मा गरेको बचतमा कुनै प्रकानरको हिनामिना हुन नहुने बताउँनु भयो ।
संस्थाका सचिव शेर बहादुर श्रेष्ठले बिगतका बर्षहरुमा भए गरेका कामहरुको बारेमा जानकारी गराउँदै आगामी बर्ष सहकारलिे उत्वपादनमुखी काम गर्ने बताउानु भयो । यसैगरी संस्थाका अध्यक्ष ओम बहादुर बस्नेतले सहकारी संस्थाले सबैको समस्यालाई समेटेर अगाडी बढेको बताउँदै सहकारीको निती र सिद्धान्त बमोजिम हरेक कामहरु सहमतिमा गरिने बताउँनु भयो ।
