सम्पर्क

ऐतीहासीक दुगुनागढीमा पागुन १२मा दौड हुने

सिन्धुपाल्चोक जिल्लाको ऐतीहासीक पर्यटकीय स्थल दुगुना गढीमा फागुन १२ गते दौड प्रतियोगिता हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित वडा न ं ३ड्राइपोर्ट देखी लिस्तीकोट हुँदै दुगुनागढी सम्म २४.५किलोमिटर दौड प्रतियोगिता हुने भएको हो । श्री इन्द्रध्वज गणको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको ऐतीहासिक स्थलहरुको पहीचान दिलाउँन,पर्यटन प्रबर्धनमा टेवा पुर्याउँनका साथै ऐतिहासिक संरचनाको संरक्षण तथा शाहसिक खेलकुद बिकास र सैनिक,नागरिक सम्बन्धलाइ अझ प्रगाढ गर्दै लैजाने उद्धेश्यले यो दौड प्रतियोगिताको आयोजना गरिएको सेनानी अनिल कुमार बस्नेतले जानकारी दिनु भयो । Brouchers १उँहाका अनुसार फागुन १२ गते हुने चौथो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस प्रतियोगिताका लागी भोटेकोशी गाँउपालिकाले प्रायोजन गर्ने भएको छ । कार्यक्रम अनुसार दौड प्रतियोगितामा भाग लिन माघ २५ गते भित्र नाम दर्ता गरिसक्नु पर्ने छ भने नाम दर्ताका लागी शुल्क नलाग्ने समेत आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पहीलो हुने लाइ एकलाख दश हजार, दोश्रो हुनेलाइ पचहत्तर हजार ,तेश्रो हुनेलाइ पचपन्न हजार, चौथो हुनेलाई चालीस हजार, पाँचौ हुनेलाइ तिस हजार र छैठौ हुनेलाइ बिस हजार रुपैया नगद सहीत पुरस्कारको व्यवस्था गरिएको छ । यसै गरी महीला तर्फ पहीलो हुने लाइ साठी हजार दोश्रो हुनेलाइ पैतिस हजार तेश्रो हुनेलाइ बिस हजार सिन्धुपाल्चोक जिल्लबासीका लागी पहीलो हुने लाइ तिस हजार दोश्रो हुनेलाइ बिस हजार तेश्रो हुनेलाइ पन्ध्र हजार रहेको छ ।