सम्पर्क

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सम्पन्न

चौतारा सागाचोकगढी नगरपालिका लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम नगर अधिवेशन चौतारामा सम्पन्न भएको छ ।
बिहिबार अधिवेशनले रण बहादुर तामाङ अध्यक्षमा १७ कार्यसमिति चयन गरेको छ ।

नगर अधिवेशन कांग्रेस पुर्वजिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि युवा नेता बिल बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अधिवेशनको व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै तामाङले कांग्रेस पार्टीलाई थप सशक्त बनाउन यस्तो संगठनको आवश्यकता रहेको बताउनुभयो ।
पार्टीलाई यस्तो संगठनले मजबुत पनि बनाउछ बताउँदै अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो । पिरामिड ईतिहास वोकेको पार्टी नेपाली कांग्रेसको संघठनलाई अझ सशक्त बनाउदै लोकतन्त्रवादी आदिवासी जनजाती महासंंघले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने पुर्ण विश्वस लिएको बताउँदै तामाङले नेपाली काँग्रेस स्थापना कालदेखि नै समावेशी चरित्र वोक्दै आएको पार्टी भएको बताउनुभयो ।