सम्पर्क

बजार अनुगमनमा म्याद सकिएको समाग्री जफत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाको विभिन्न स्थानमा छड्के अनुगमन गरेको छ ।
बुधबार बाह्रबिसे बजारदेखी बलेफी बजारसम्म १७ वटा पसलमा गरिएको अनुगमनको क्रममा भेटिएको म्याद सकिएको समाग्री जफत गरिएको छ । बजार अनुगमनको क्रममा ३२ हजार चार सय ६० रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनुभयो । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मापदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले बताउनुभयो । उद्योग तथा बाणिज्य कार्यालयले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता महासंघको संयुक्त टोलीले विभिन्न समूह बनाई बजारक्षेत्रका खाद्यान्न, होटल, हार्डवेयर, औषधी, डेरी, मासुजन्य पसलहरुमा अनुगमन गरेको थियो ।
उक्त बरामत गरिएको समग्री बलेफी स्थिती भोटेकोशी खोलाको किनारामा नष्ट गरिएको थियो ।