सम्पर्क

ब्रेकिङ न्युज १

बिभिन्न कार्यक्रम गरी मनाइयो सोनाम ल्होछार

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, साहित्य
तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा बिभिन्न स्थानमा बिभिन्न सस्कृती कार्यक्रम गरिएको छ । राष्ट्रिय सोनाम ल्होछार का अवसरमा शनीबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सव गरिएको छ । प्रधानमन्त्री पुक्ष्पकमल दाहालको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा बिभिन्न सस्कृती झाकीहरु प््रदर्शन गरिएको थियो । तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायत पराम्परागत पोसाकमा सजिएका युवायुवती हरुले डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री दाहालले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो ।उँहाले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहर...

पाल्चाेकमा नेपालकै ठुलाे घण्ट, प्रकास भुजेल द्वारा शिलान्यास

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चाेककाे पाल्चाेकमा नेपालकै ठुलाे घण्ट बन्ने भएकाे छ । आज शनिवार एक कार्यक्रमका बिच प्रकास मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलद्वारा ठुलाे घण्टकाे शिलान्यास गरिएकाे हाे । पाल्चाेकमा निर्माण हुने घण्ट ६ हजार किलाेकाे हुने जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जानकारी दियाे । हाल नेपालकै ठुलाे ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेकाे छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ बर्षमा बनाउने लक्ष्य लिएकाे जयवागेश्वरी पाल्चाेकी माई ठुलाे घण्ट निर्माण व्यवस्थापन समितिले जनाएकाे छ ।   ठुलाे घण्ट निर्माणकाे लागी प्रमुख अतिथि प्रकास भुजेलले २० लाख २० हजार दिएका छन । 'बाबाकाे तर्फबाट १० लाख, आमाकाे तर्फबाट १० लाख र मेराे तर्फबाट २० हजार सहयाेग गर्छु', उनले भने । आजै भुजेलले २ लाख २० हजार नगर र १८ लाखकाे चेक समितिलाई हस्तान्तरण गरेका छन । 'अब म जस...

सम्पादक संवाद: सामाजिक उत्तरदायित्व बढाउनतर्फ मिडियालाई सुझाव

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
युट्युबसहित सामाजिक सञ्जालले पहुँच लसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरुले राख्नुभएको छ ।प्रेस काउन्सिल नेपालले सामजिक संजालले पत्रकारितामा पारेको प्रभावका विषयमा शुक्रबार आयोजना गरेको सम्पादक सम्वादका सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो ।सहभागी सम्पादकहरुले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चार माध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।“भ्युअर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनुभएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ” कार्यक्रमका सहभागी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो ।पछिल्लो समय समाच...

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आँखाको सर्जरी युनिट उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बनियानी (झापा), २६ माघ : झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचारअन्तर्गत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ सुरु भएको छ ।अस्पतालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’को उद्घाटन गर्नुभयो । वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन आफू लागिपरेको बताउनुभयो । दृष्टि पब्लिक प्राइभेट पार्टनरसीपअनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रु १६ करोडको लागतमा मेसिन खरिद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो । सन् २०२३ मा अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत एक लाख ९७ हजार आठ सय ७२ र विभिन्न शिविरमार्फत ७९ हजार बिरामीको आँखा परीक्षण गरेको उहाँले बताउनुभयो ...

सिन्धुपाल्चोकमा सुरु भयो ट्राफिक सप्ताह

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकमा एक हप्ते ट्राफिक सप्ताह सुरु भएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि टा«फिक सप्ताह २०८० मनाइन लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।      चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको प्रमुख आतिथ्यतामा र निमित्त प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको बिशेष आतिथ्यतामा ट्राफिक सप्ताह शुभारम्भ भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले कार्यक्रमको उद्धघाटन गर्दै मानिसको सानातिना गल्तीले ठुलो नोक्सानी हुने हुँदा सानातिना गल्तीबाट बच्न पर्ने बताउँदै सवारी दुर्घटना कम गर्नका लागी नगरपालिकाबाट सहयोग हुने बताउँनु भयो । उहाँले ट्राफिक नियमको पूर्णरुपमा पालना नगर्दा सवारी दुर्घटना घटनाहरु वर्षेनि बढ्दै गएको बताउदै ट्राफिक सप्ताह कार्यक्रमले सर्वसाधारणमा ट्राफिक नियम सम्बन्धी धेरै जनचेतना पुग्ने बताउनुभयो । बिशेष अतिथी निमित्त प्रमुख ...

सोनाम ल्होसारको अवसरमा जुगलमा ३ दिन बिदा

ब्रेकिङ न्युज १, समाचार
तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’ को अवसरमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गाउँपालिकाद्वारा जारी सूचनामा माघ २६, २७ र २८ गते तीन दिन जुगल गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट माघ १९ गते शुक्रबार निर्णय भएको उल्लेख छ । तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।...

मेलम्चीबाट रास्वपाको दबाव यात्रा सुरु

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । आईतबार पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै मेलम्ची खानेपानी आयोजनाको लागी दबाब यात्रा शुभारम्भ गर्नुभयो । घण्टी बजाएर कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले यहाँका समस्या समाधानका लागी संसदमा ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले यो उपस्थिति नयाँ पुस्ताको उपस्थिति मात्र नभएर आउने पुस्ताको लागी मार्गनिर्देश गर्ने योजना सहितको उपस्थिति रहेको बताउनुभयो । जनतालाई सुख दिने र नेतालाई जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउदै सभापति लामिछानेले भनेर हैन गरेर देखाउने भएकाले आफैं यो अभियानमा होमिएको प्रष्ट पार्नुभयो । हिजोको रातो क्रान्तिमा रगत बग्यो अब निलो क्रान्ति हरुमा पसिना बगाउने अभियानको सुरुवात भएको उहाँले बताउनुभयो । जनताले दिएको शक्ति लिएर जनतालाई नै पेल्ने दमन गर्ने राजनीतिक सं...

मुलखर्क तामाङ समाजले मनायो सोनाम ल्होछार

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थिर मुलखर्कमा मुलखर्क तामाङ समाजले एक सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम भएको हो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगरप्रमुख अमानसिंह तामाङ, वडा नं ९ का वडा अध्यक्ष बिमल श्रेष्ठ वडा नं. ७ का वडाअध्यक्ष डम्बर बहादुर तामाङ, वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ लगायतको अतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु स्थानीय नागरिकको कलाहरु प्रस्तुती गरिएको थियो । मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्चबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष भिम बहादुर तामाङले राख्नु भएको थियो भने कार...

सहयोगीलाई सम्मान गर्दै मनायो सिद्धिगणेश माविले ६२औँ बार्षिकोत्सव

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालयले बिभिन्न सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो ६२औं वार्षिकोत्सब मनाएको छ । बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिका नगर उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा समारोह सम्पन्न भएको हो । एक लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएका रमेश धिताल लगायत सहयोगीहरु तथा बिद्यालयका उत्कृष्ट शिक्षक, शिक्षीका, बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । जिल्लाकै पहिलो चाटर्ड एकाउण्टेन्टको रुपमा परिचित धितालले यसअघि पनि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग उपलव्ध गराउदै आउँनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री दुलालले क ख नपढेका हाम्रा अभिभावकले कुटो कोदालो गरेर हामीलाई पढाएका तर हामी शिक्षीतले पढाएका बालबालिका प्र...

घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन स्वास्थ्य मन्त्री बस्नेतको आग्रह

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका चौतारामा ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०’ दोस्रो चरणको शुभारम्भ गर्नु भएको छ । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्नु भएको हो । “क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ ।“ मन्त्री बस्नेतले भन्नुभयो । मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्द...