सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यमिक विद्यालयले बिभिन्न सहयोगीहरुलाई सम्मान गर्दै आफ्नो ६२औं वार्षिकोत्सब मनाएको छ ।
बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा र चौतारा साँगाचोकगढी नगरपालिका नगर उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा समारोह सम्पन्न भएको हो । एक लाख २० हजारको अक्षयकोष स्थापना गर्नु भएका रमेश धिताल लगायत सहयोगीहरु तथा बिद्यालयका उत्कृष्ट शिक्षक, शिक्षीका, बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । जिल्लाकै पहिलो चाटर्ड एकाउण्टेन्टको रुपमा परिचित धितालले यसअघि पनि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमहरुमा आर्थिक सहयोग उपलव्ध गराउदै आउँनु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री दुलालले क ख नपढेका हाम्रा अभिभावकले कुटो कोदालो गरेर हामीलाई पढाएका तर हामी शिक्षीतले पढाएका बालबालिका प्रमाण पत्र बोकेर बिदेशिन थालेकाले यसप्रती सोच्न पर्ने बेला आएको बताउनु भयो ।
उहाँले अहिले १२ पास भएपछि विदेशमा पढ्न जाने नकारात्मक प्रवृत्तिको विकास भएको हँुदा नेपालमा नै उत्कृष्ट प्राप्त हुने भएपनि विदेशमा पढ्न जाने फेसन चल्नु दुखद् भएको बताउँनु भयो । उहाँले बिद्यार्थीहरुको गन्तव्य बिदेश होइन सिद्धिगणेश हुने गरी बिद्यालयको बिकास गर्न सबैमा अपिल समेत गर्नुभयो ।
‘नेपालमा नै राम्रो पढाई हुन्छ, नेपालमा नै गुणस्तरिय शिक्षा पाइन्छ तर पनि शिक्षाको नाममा विदेश जाने फेशन चलेकोमा दुख ब्यक्त गर्दै नेपालमा नै विद्यार्थीलाई रोक्नका लागि राज्यको तहबाट शैक्षिक नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने कुराहरु चुनौतिको रुपमा रहेको छ ।’ ती चुनौतिहरुलाई चिर्न आफूहरु प्रयत्नशिल रहेको बताउँनुभयो । कार्यक्रमका बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले विद्यालय शिक्षा गुणस्तरियता र विद्यालय व्यवस्थापनका लागि नगरपालिकाले गम्भीर भएर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताउँनु भयो ।
उहाँले निःशुल्क शिक्षा घोषणा गर्नु ठुलो कुरा होइन तर कार्यन्वयन गर्न ठुलो कुरा भएको बताउँदै बिद्यालयको भवन मर्मत, तथा सम्भार अनी शिक्षा सिकाइका लागी आबश्यक पर्ने समाग्रीको खाँचो रहेकोले त्यस तर्फ नगरपालिकाकाले ब्यवस्थापनको बाटो खोजेर निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको बताउँनु भयो । उहाले बिद्यालय दिवा खाजाको व्यवस्थापनमा नगरपालिकाको नितीलाई कार्यन्वयन गर्दै बिद्यालय शिक्षा सिकाइ, बिद्यार्थीको सरसफाई तथा व्यवस्थापनमा राम्रो देखिएकोमा सिद्धिगणेश माविको व्यवस्थापनलाई धन्यबाद दिनुभयो ।
उहाँले अब बिद्यालय मर्च तिर नगरपालिका लागी परेको बताउँनुभयो । बिद्यालय प्रधानाध्यापक राजकुमार यादवले बिद्यालयका प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयमा दिवा खाजा व्यवस्थापन तथा सभाहल, बैठक कक्षका लागी भवन आवश्यक परेको बताउँनु भयो । उहाँले कक्षा १ देखी १२ सम्म विद्यालयमा ३ सय ५६ जना बिद्यार्थीहरु अध्ययन गरिरहेको बिद्यार्थीहरुले नेपाली र अंग्रेजी दुवै माध्यमबाट सिकाई हासिल गर्न पाईरहेको, शिक्षकहरु सवै तालिमप्राप्त र अनुभवी रहेका जनाइएको छ । प्रअ यादबले प्रस्तुत गरेको बार्षिक प्रतिबेनदमा बिद्यालयले राजनीतिक, शैक्षिक, प्रशासनिक र समाजको उच्च ओहादामा रहेर भूमिका निर्वाह गर्न सक्ने जनशक्ति उत्पादन गरि प्रगति गर्न सफल भएको बिवरण उल्लेख गरिएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी, चौतारा साँगचोकगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष डम्बरबहादुर तामाङ, चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल, भूतपूर्व बिद्यार्थी रमेश दुलाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन बिद्यालयकासहायक प्रधानाध्यापक तिलक बहादुर दंगालले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयलाई आर्थिक तथा भौतिक सहयोग पुर्याउने समाजसेबीहरुलाई दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको थियो । त्यसैगरि अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने, कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।स्मरण रहोस् यस बिद्यालय बागमती प्रदेश सरकारको नमुना बिद्यालयको रुपमा सुचिकृत रहेको छ ।
प्रदेश सरकारले नै बिद्यालय बस उपलब्ध गराएको छ । बिद्यालयले निःशुल्क रुपमा बस सञ्चालन गरि बिद्यार्थीहरुलाई आवतजावतमा सुबिधा प्रदान गर्दै आईरहेको छ । कार्यक्रमको लोकप्रिय समाचारको सामाजिक सञ्जाल र रेडीयो लोकप्रिय नेत्रज्योतीले प्रत्यक्ष प्रशारण गरेको थियो ।
