सम्पर्क

डडुवा भवानी शंकर समाजको अध्यक्षमा नेपाल

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – १४ मा रहेको श्री डडुवा भवानी शंकर माध्यमिक बिद्यालयको पूर्व बिद्यार्थीहरुको भेलाले नकुल नेपाललाई अध्यक्ष बनाउँदै भुपु बिद्यार्थी समाज गठन गरेको छ । माघ १९ गते शुक्रबार भएको छलफलमा समाजको अध्यक्षमा नकुल नेपाललाई चयन गरिएको छ भने उपाध्यक्षमा छन्द प्रसाद नेपाल, सचिबमा सरोज बोहरा सह–सचिबमा तोक बहादुर तामाङ, कोषाध्यक्षमा सुजन बस्नेत रहनु भएको छ । यसैगरी सदस्यहरुमा शुशिल रिसाल, रोशन नेपाल, मिरा श्रेष्ठ, शशि कुमार तामाङ, दुर्गा न्यौपाने नेपाल, पुर्ण कुमार तामाङ, हिरामान माझि, अर्जुन थापामगर, बिमल तामाङ, सुबास तामाङ, नारायण नेपाल, कृष्ण बहादुर श्रेष्ठ रहनु भएको छ । भने सल्लाहकार संयोजकमा लक्ष्मण नेपाल रहनु भएको छ ।
डडुवा भवानि शंकर माध्यमिक बिद्यालयको उपलब्ध भुपु बिद्यार्थिहरुको भेलाबसी भवानि शंकर भुपु बिद्यार्थि समाजको तदर्थ समिति निर्माण गरिएको अध्यक्ष नकुल नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार अब केही दिनपछी पुर्ब बिद्यार्थीहरुलाई ब्यापक भेला गरी छलफल गरी समाजको निती तथा कार्ययोजना तैयार गरिने छ । भुपु बिद्यार्थिहरुको बिचमा आपासि समझदारी, भेटघाट, भाइचारा र सहसम्बन्ध स्थापित गर्नु, सामाजिक चेतनाको बिकास गर्नु, बिद्यालयको शैक्षिक सुधार गर्दै बिद्यालयको शिक्षामा गुणस्तर वृद्धि गराउन महत्वपूर्ण भुमिका खेल्नु मुलभुत उदेश्य रहेको सचिब सरोज बोहोराले जानकारी दिनुभयो ।