सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थिर मुलखर्कमा मुलखर्क तामाङ समाजले एक सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसारको अवसरमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ मुलखर्कमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम भएको हो । नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगरप्रमुख अमानसिंह तामाङ, वडा नं ९ का वडा अध्यक्ष बिमल श्रेष्ठ वडा नं. ७ का वडाअध्यक्ष डम्बर बहादुर तामाङ, वडा नं. १० का वडाअध्यक्ष निल बहादुर तामाङ लगायतको अतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु स्थानीय नागरिकको कलाहरु प्रस्तुती गरिएको थियो ।
मुलखर्क तामाङ समाजका अध्यक्ष पञ्चबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष भिम बहादुर तामाङले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुनिल तामाङले गर्नु भएको थियो । लोकप्रिय समाचार र रेडीयो लोकप्रिय नेत्रज्योती बाह्रबिसेले कार्यक्रमको पत्यक्ष प्रशारण गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरमा रहेका सबै व्यक्ति समाजका आ–आफ्नै कला संस्कृत, र धर्म छ यो नगर सबैको साझा हो त्यसैले नगरपालिका भित्र जुनसुकै धर्म सस्कार र सस्कृति मान्ने समाज तथा समुहलाई नगरबाट समान व्यवहार गरिरहेको र गरिरहने बताउँनु भयो ।
यसैगरी पूर्व नगरप्रमुख अमानसिं तामाङले तामाङहरु पचास प्रतिशत सरकारी र पचास प्रतिशत आफ्नै कारणले पछी परेको बताउँनु भयो ।
मुलखर्क तामाङ समाजको आयोजनामा तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेष भुसा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले गरिएको कार्यक्रममा वडा अध्यक्षहरु बिभिन्न ब्यक्तीहरुले शुभ कामना मन्तब्य दिनु भएको थियो ।
यसरी मन्तब्य दिनुहुनेहरुमा वडा आदिवासी जनजाति समितिको अध्यक्ष रण बहादुर तामाङ, नगर धेदुङ उपाध्यक्ष समिर तामाङ, श्री आदर्श विद्यामन्दिर आधारभुत विद्यालय मुलखर्कका अध्यक्ष मान बहादुर तामाङ, श्री गोल्मादेवी मावि जितपुरका प्रधानध्यापक ज्ञानबहादुर तामाङ, जिल्ला धेदुङ सल्लाहमकार सदस्य सिन्धुपाल्चोक उजार सिंह तामाङ, वडा नं. ८ का वडाअध्यक्ष अमृत बहादुर दङ्गाल, वडा नं. ७ का वडाअध्यक्ष डम्बर बहादुर तामाङ वडा नं. ९ का वडाअध्यक्ष बिमल श्रेष्ठ लगायत रहनु भएको थियो ।
प्रकृति र जिवजन्तुसँग सामिप्य राख्ने जीवन्त पर्व पनि हो सोनाम ल्होसार, डम्फु, म्हेन्दोमाया, स्याब्रु, ताम्बा–कइतेन, रिमठिम आदिलाई साक्षात्कार हुने गरि आफ्नै मौलिक भेषभुषा गोइलो, मार म्हेन्दो लगाएर ल्होछार मनाएको थियो ।
ल्होछार अर्थात ल्हो भन्नाले साल अथवा सम्वत् अनि छार भन्नाले नयाँ भन्ने बुझाउँछ । ल्होछारमा तामाङ समुदायमा आफ्नै मौलिक डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । नकारात्मक तत्वहरुलाई हटाउनका लागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आजका दिन लामाहरुले तान्त्रिक विधी मुखौटा लगाएर र झाँक्री नृत्य समेत रहेके थियो ।
कार्यक्रममा चर्चित कलाकार गायक चक्र बहादुर बोम्जन, सञ्जिव घिसिङ, विरेन्द्र लोप्चन, गायिका मिङ्सा लामा, प्रकृति थिङ, मोडल सञ्जिव गोले, नायिका सुस्मा मोक्तान, सेलो प्रस्तुति रहेको थियो ।
बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाआराधना गरि ल्होछारको संरक्षणगर्दै तामाङले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । कार्यक्रम अनुशासित र मर्यादिन ढङ्गबाट सञ्चालन गरिएको थियो ।
