सम्पर्क

राप्रपा निकट युवा संगठन देशको वैकल्पिक शक्ति हो ः लिङ्देन

नेपाल सरकार पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठन नै देशको वैकल्पिक शक्ति भएको बताउनुभएको छ । शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोक जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देशको नेतृत्व गर्ने असल नेतृत्व नहुँदा देश र जनताले दुःख पाएको बताउनुभयो । उहाँले राष्ट्रबादी शक्ति राप्रपा भएकाले अवको युवाहरुले राप्रपाको नेतृत्वलाई विश्वास गर्न आग्रह समेत गर्नुभयो । उहाँले स्थानीय चुनावमा आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह हो भनि कसम खुवाउन एजेण्डा बोकेर अघि बढ्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य दईन्द्र बहादुर ठकुरीले पाटी भित्र कुनै बिबाद नभएको पाटीमा लागेर बिभिन्न समयमा असन्तुष्ट जनाउँदै बाहिरिएकाहरुलाई पाटमिा रहेर देश र जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । यसैगरी अर्काे केन्द्रिय सदस्य उदय सापकोटाले राष्ट्रिय प्रजातन्त्रपाटीलाई सिन्धुपाल्चोकमा ५१ को अबस्थामा ल्याउँन सबै लागी पर्नुपर्ने बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्ला २ नं. क्षेत्रीय अध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य कुमारी स्याङ्तानले अब युवाहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताउँनुभयो । देशका कयौ युवाहरु विदेश पलायन हुनुपरेको छ युवालाई देशमै रोजगारको अवसर दिलाउनुपर्छ भन्नु हुँदै गाउँदेखी सहरसम्म एजेण्डा बोकेर अघि बढ्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्रपाटी युवक सङ्गठनका केन्द्रिय सह संयोजक सर्जु श्रेष्ठ, महासचिब निराजन बम, जिल्ला युवा लिपक थापा लगाएतले राप्रपा बलियो बनाउँन लागी पर्नुपर्ने बताउँनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला साभापति निलध्वज थापाको सभापतित्वमा भएको कार्यक्रममा निमार्ण व्यवसायी संघका अध्यक्ष दिपेन्द्र थापा लयागत स्थानीय निर्वाचमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राप्रपा नेपालका दिलिप बिक लगाएत कार्य समिती, नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस पाटी परित्याग गरि दुई दर्जन भन्दा बढी सँख्यामा राप्रपा पाटी प्रवेश गरेका छन् । नवप्रवेशीलाई प्रमुख अतिथी लिङदेनले खादामाला लगायर स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गर्दै जिल्ला सचिव देबी लामीछानेले राप्रपा सिन्धुपाल्चोकले हरेक वडाहरुमा सङ्गठन सक्रीय गराउँदै अगाडी बढेको बताउँनु भयो । कार्यक्रमको समापन गर्दै जिल्ला पाटी अध्यक्ष थापाले अब पाटीले निस्क्रीय रहेकालाई हटाउँदै सक्रिय रहेकालाई स्थान दिने बताउँनु हुँदै हरेक पालिका र वडा कार्यलयहरुमा आफनो ब्यक्तिगत खर्चबाट कार्यालय सञ्चालन गर्ने ब्यबस्था मिलाईएको जानकारी दिनुभयो । उहाँले पाटीको हरेक कार्यक्रममा सहभागी जनाएर पाटीलाई बलियो बनाउँन पर्ने बताउँनु भयो । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सिन्धुपाल्चोक जिल्ला अधिवेशनले देवराज गुरुङको अध्यक्षमा २५ सदस्य चयन गरेको छ ।