सम्पर्क

चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ज्ञानमन्दिर माविले उचाल्यो

पेनाल्टी सुटआउटमा गोलरक्षक सन्देश दंगाल नायक बनेपछि ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय ७ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार चौतारास्थित मिनिरंगशालामा सम्पन्न फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गर्दै ज्ञानमन्दिरल उपाधि जितेको हो । उपाधिसँगै बिजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो भने उपबिजेता बनेको सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो । आत्मघाती गोल खाएपछि पुनः मेलचौरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पु¥याएको थियो ।
पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने । उनले सेतीदेवीका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेपछि उपाधि ज्ञानमन्दिरले उचाल्यो ।
प्रतियोगिताको बिजेता विद्यालय तथा खेलाडीलाई नगरकी उपप्रमुख सीता थापा, सामाजिक विकास शाखाका संयोजक रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गर्नुभएको थियो ।
चौतारा स्पोर्टिङ क्लवद्धारा आयोजनामा तीन दिन चलेको चौतारा साँगाचोकगढी माविस्तरीय प्रतियोगितामा नगरभित्रका १४ विद्यालयको प्रतिस्पर्धा रहेको थियो ।