सम्पर्क

मेलम्चीबाट रास्वपाको दबाव यात्रा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । आईतबार पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै मेलम्ची खानेपानी आयोजनाको लागी दबाब यात्रा शुभारम्भ गर्नुभयो । घण्टी बजाएर कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले यहाँका समस्या समाधानका लागी संसदमा ध्यानाकर्षण गराउने बताउनुभयो ।
उहाँले यो उपस्थिति नयाँ पुस्ताको उपस्थिति मात्र नभएर आउने पुस्ताको लागी मार्गनिर्देश गर्ने योजना सहितको उपस्थिति रहेको बताउनुभयो । जनतालाई सुख दिने र नेतालाई जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउदै सभापति लामिछानेले भनेर हैन गरेर देखाउने भएकाले आफैं यो अभियानमा होमिएको प्रष्ट पार्नुभयो । हिजोको रातो क्रान्तिमा रगत बग्यो अब निलो क्रान्ति हरुमा पसिना बगाउने अभियानको सुरुवात भएको उहाँले बताउनुभयो । जनताले दिएको शक्ति लिएर जनतालाई नै पेल्ने दमन गर्ने राजनीतिक संस्कारलाई अन्त्य गर्नका लागी रास्वपा अगाडि बढेको लामिछानेको भनाइ छ ।
कार्यक्रममा महामन्त्री मुकुल ढकालले शान्ति पुर्ण आन्दोलन भएकाले दबाब बढाउन सबैले यो निलो क्रान्तिलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रास्वपा जिल्ला सभापति माया गुरुङले यहाँका समस्याका बारेमा जानकारी गराउदै अब सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउनका लागी रास्वपा हातेमालो गर्न आएको बताउनुभयो । दबाब यात्राको नेतृत्व गर्नुभएकि सांसद सोवीता गौतमले शान्तिपुर्ण दबाब यात्रालाई साथ दिनका लागी सिन्धुपाल्चोक वासिमा आह्वान गर्नुभयो ।