सम्पर्क

जुगलमा ग्रामीण आँखा केन्द्र सञ्चालन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ ।
द फ्रेड हलोज फाउन्डेशन अष्ट्रेलियाको सहयोग, नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको समन्वय र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आइतबार गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पालिकाको प्रशासनिक काम हुने चनौटेमा जुगल ग्रामीण आँखा केन्द्रको उद्घाटन गर्नुभएको छ । गाउँपालिका स्तरिय आँखा केन्द्रमा ८० प्रतिशत आँखा रोग को उपचार गर्न सकिने अध्यक्ष स्याङ्बोले बताउनुभयो ।
जिल्लाकै विकट मध्येको एक जुगलमा आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि दुरदराजका आम नागरिकले सहज रुपमा आँखा उपचार पाउने विश्वास गरिएको छ ।