सम्पर्क

सोनाम ल्होसारको अवसरमा लिसंखुपाखरमा तीन दिन बिदा

तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १५ गते सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८६०औँं (डुक ल्हो) सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सांस्कृति र पहिचानलाई विशेष रुपमा मनाउन माघ २६ गतेबाट २८ गतेसम्म बिदा दिएको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो । उहाँका अनुसार पालिकाभरका सबै सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सार्वजनिक निकायलाई तीन दिन बिदा दिएको छ ।
तामाङ समुदायले पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वागत गर्दै ल्होछार पर्व मनाउने गर्दछन् ।