सम्पर्क

पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजकलाई

मेलम्ची नगरपालिका –७ दुवाचौरमा सम्पन्न सिन्धुपाल्चोक जिल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजक योङ स्टार युवा क्लव दुवाचौरले जितेको छ ।
सोमबार सम्पन्न फाइनलमा जुगल गाउँपालिका–४ पाङताङलाई सोझो सेटमा पराजित गर्दै आयोजकले उपाधी जितेको हो । त्यस्तै मेलम्ची –७ सेल्लेलाई पराजित गर्दै जुगल –६ ले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा १७ टिम सहभागी रहेका आयोजक योङ स्टारका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सदस्य माइली तामाङ , मेलम्ची नगरपालिकाकि उप प्रमुख उमा प्रधान , वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार प्रदान गर्नुहुनेछ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।