सम्पर्क

५ दिने व्यवसायिक किवि खेती तालिम सम्पन्न

 सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाको कृषि शाखाद्वारा आयोजना गरेको व्यवसायिक किवि खेती तालिम सम्पन्न भएको छ ।
गाउँपालिका भित्रका कृषि पेशामा आवद्ध स्थानीयहरुलाई माघ १९ शुक्रबारदेखी दिइएको व्यवसायिक किवि खेती तालिम मंगलबार सकिएको हो ।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठ, ४ नं. वडा अध्यक्ष भक्तलाल शाक्य र ५ दिने किवि खेति तालिममा प्रशिक्षकको रुपमा रहनु हुने वागवानी अधिकृत गुणराज पौडेल तथा कृषि शाखा प्रमुख सन्तोष नेपाललगायतको उपस्थिति रहेको थियो ।
पाँच दिने व्यवसायिक तालिमले किवि खेती गर्नमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राजु लामाले बताउनुभयो । तालिममा सहभागी हुनु भएका कृषकहरुलाई प्रमाणपत्र तथा किवि छाटकाटको लागी आवश्यक सामाग्रीहरु समेत वितरण गरेको थियो ।