सम्पर्क

ब्रेकिङ न्युज १

निजी क्षेत्रको क्रियाशिलताविना आर्थिक समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २८ चैतः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको विकास र क्रियाशिलता विना देशको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उहाँले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च रहेको बताउनुभयो । उहाँले रकारले निजी क्षेत्रलाई साझेदारका रुपमा मात्र नहेरी प्रमुख हिस्सेदारकै रुपमा व्यवहार गर्ने विश्वास दिलाउनुभयो ।मन्त्री भण्डारीले सरकारले नेपालमा उद्योग, व्यापार र लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत, कानुनी तथा कार्यक्रमगत विषयलाई नीजि क्षेत्रको सल्लाह, सुझाव तथा समन्वयका माध्यमबाट शीघ्र अगाडि बढाउन चाहेको उल्लेख गर्नुभयो ।“आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन तथा आन्तरिक आयमुखी अर्थतन्त्रमा रुपान्तरण गर्न प्रभावकारी नीति लिने, स्वदेशी उत्पादनको...

राप्रपाको प्रदर्शन तत्काल नवीन सम्झौताको लागि तयार गर्न सरकारलाई अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
संघियता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनु पर्ने सहितका ४० बुँदे माग राख्दै जनप्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल नवीन सम्झौताको लागि तयारी गर्न सरकार र प्रमुख दलहरूलाई आग्रह गरेको छ । राजधानी काठमाण्डौमा भएको प्रदर्शनपछी सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले “म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । तत्काल नवीन सम्झौताको लागि तयारी हुनुस्, तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म सबै मिल्ने सबै अट्ने नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई नवीन सम्झौताबाट अगाडि बढाऔँ ।“ भन्नुभयो । उहाँले राजादेखि माओवादीसम्म ’सबै मिल्ने सबै अट्ने’ व्यवस्थाको प्रस्ताव गर्नू भएको हो । प्रदर्शनको क्रममा भद्रकालीमा भेला भएका प्रदर्शनकारीलाई पूर्वतर्फ रहेको सिंहदरबार अगाडिको बाटोमा जान प्रहरीले रोक लगाएपछि केहीबेर त्यहाँ तनावपूर्ण अवस्था देखिएको थियो । अध्यक्...

बलेफी गाँउपालिकाकासबैले सामुदायक बिद्यालयमा पढाउँन पर्ने

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले आफ्ना गाँउ पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुका बालबालिकाहरुलाई अपनबार्य सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।चैत्र २५ गते बसेको गाउँपालिकाको बैठकले सामुदायिक विद्यालयप्रतिको विश्वासलाई जीवन्त राख्नका लागि जनप्रतिनिधि कर्मचारी र शिक्षकहरुलाइ सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिकाहरुलाई अध्ययन गराउन निर्णय गरेको हो ।सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय लगायत समग्र पक्षको सुदृढिकीकरण गरि गुणस्तरियता कायम गर्ने प्रतिवद्धतासहित बलेफी गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष गंगाबहादुर तामाङले बताउँनु भयो । उँहाले यस सम्बन्धमा सार्बजनीक सुचना जारी समेत गर्नू भएको छ ।...

रोयल इभेन्टस बेङ्क्वेटको चौथो वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार, साहित्य
२०८० चैत्र ३ गते शनिबार  हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११ (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो । केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रले पी.पी. कोइरालाको डगल्यान्ड, अनु विज्ञातिको अक्षररेखा, सीता रेग्मीको शब्दयात्राका साथमा केन्द्रका लघुकथा र विविध (संयुक्त लघुकथासङ्ग्रह) गरी चार लघुकथासङ्ग्रह पनि सार्वजनीकरण गरेको छ । केन्द्रको प्रकाश...

आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछुः मन्त्री भण्डारी

#, ब्रेकिङ न्युज १, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभएको हो । सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा यस क्षेत्रको बजेट ६÷७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।” सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्...

महिलाहरुका लागि उद्घोषण तालिम सञ्चालन हुने

#, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने उद्घोषण सम्बन्धि तालिम संचालन हुने भएको छ । आईतबार चैत्र २५ गते जारी भएको सूचनाको मितिले ७ दिन निवेदन दिन समय तोकिएको छ । गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीद्धारा प्रकाशित सूचनामा उल्लेख गरे बमोजिमका गाउँपालिका भित्र स्थायी बसोबास गर्ने ईच्छुक महिलाहरुले आवेदन दिन आव्हान गरेका छन् । आबेदन दिनका लागी निवेदन, नागरिकताको प्रतिलिपि, फोटो २ प्रति (पासपोर्ट साइज), निवेदकले लेख्न र पढ्न जानेको हुनुपर्ने पर्नेछ ।  ...

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्नेछः उपमहासचिव रिमाल

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का संरक्षक विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने बताउँनु भएको छ। उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्ने बताउँनु भयो । त्यो समारोह रहस्यपूर्ण रहने उहाँले बताउँदै उपमहासचिव रिमालले ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’ समारोहबारे थप विषय राख्दै वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औं स्थापना दिवस समारोह अर्थात् हिरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्नेवाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुश गर...

शैक्षिक सहयोग अक्षयकोषको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
बिश्वराम अधिकारी÷मकवानपुर शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो । मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उहाँको भनाई थियो ।उहाँले मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि ...

कक्षा ८ को नतिजाः ईन्द्रावतीमा १६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण, ४ विद्यालय शुन्य

ब्रेकिङ न्युज १, समाचार
नवलपुर  सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाले आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षा दिएकामध्ये १६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् भने पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ । आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय र श्री परोपकार आधारभूत विद्यालय रहेका छन् । ईन्द्रावती गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्याङ्क अनुसार पालिकाका कक्षा ८ सम्म सञ्चालित १९ वटा विद्यालयबाट ४८० जना विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए । जसमा ७७ जना विद्यार्थीले मात्र न्युनतम ग्रेड प्राप्त गरेका छन् । विषयगत रुपमा नेपालीमा न्युन...

नियमित तर्फको एसइई परीक्षा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा आजबाट सम्पन्न भएको छ । चैत १५ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालू रहेको उहाँले जानकारी दिनुभयो । परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।” परीक्षा व्यवस्थित, मर्यादित...