सम्पर्क

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्नेछः उपमहासचिव रिमाल

 

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का संरक्षक विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने बताउँनु भएको छ। उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्ने बताउँनु भयो । त्यो समारोह रहस्यपूर्ण रहने उहाँले बताउँदै उपमहासचिव रिमालले ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’ समारोहबारे थप विषय राख्दै वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औं स्थापना दिवस समारोह अर्थात् हिरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्नेवाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुश गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’ भन्नु भयो । उपमहासचिव रिमालले पार्टीले संगठनलाई लयमा फर्काउने र २०८१ साललाई सांगठानिक सुदृढिकरण वर्षको रुपमा मनाउने शिलशिलेबर विषय राखेर रहस्यपूर्ण विशेष समारोह हुने भनिरहँदा अधिवेशनमा उपस्थितहरुले एमालेबाट फुटेर गएका कम्युनिष्ट पार्टीहरुको पुनः एकता हुने र नेपालमा सिंगो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाउन खोजिएको हो कि भन्ने लगायतका विभिन्न अड्कलबाजी गरिरहेका थिए ।कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले २०४२ सालदेखि विशेष कमिटी निरन्तर आफ्ना काममा अगाडि बढिरहेको बताउँनु भयो । अहिलेपनि श्रमिकका समस्या समाधान भइनसकेकाले अब श्रमिक आफैंले श्रमिकका समस्या समाधान गर्न संगठन बलियो बनाउनपर्ने आवश्यकता रहेको बताउँदै नेपालभर सबैको आवाज मुखरित गर्ने पार्टी नेकपा एमाले बन्नेछ भन्ने शुभकामना दिनु भयो । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले पछिल्लो समय सामाजिक सुरक्षा योजना कार्यबिधि संशोधन गरेर सामाजिक सुरक्षा कोषको मर्मलाई विकृत पार्ने कोशिष गरिएको आरोप लगाउँदै पार्टीले यसलाई श्रमिकमैत्री बनाउन पहलकदमी लिनुपर्ने बताउँनु भयो ।