सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष सहित एक सय जनाले रक्तदान गर्नुभएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आरको लायन्स क्लब अफ काठमाण्डौं सायले आयोजना गरेको बृहत स्वास्थ्य शिवीर तथा रक्तदान कार्यक्रममा ३ सय जना भन्दा बढिले सुबिधा लिएको वडा अध्यक्ष निल बहादुर तामाङ सुमनले जानकारी दिनुभयो ।
वडा नं. १० को सुकुटे स्वाण्डी बिच रिसोर्टमा भएको उक्त शिवीर लायन्स क्लब अफ काठमाण्डौ पिआरओइन सिटीका बिष्णुहरी फुयालको प्रमुख अतिथिमा र लायन्स क्लब अफ काठमाण्डौ सायका अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको थियो भने बिशेष अतिथी शसस्त्र प्रहरी उपरिक्षक सुनिल गिरी हुनुहुन्थ्यो । शनिबार भएको शिबीरमा दात आँखा लगाएतका तिन सय नागरिकले स्वास्थ्य सेवा लिएका थिए ।
