बिश्वराम अधिकारी÷मकवानपुर
शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।
मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उहाँको भनाई थियो ।उहाँले मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि संस्थाले महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा समेत गर्नुभयो । छोटो समयमा संस्थाले सबै तह र क्षेत्रको सहयोग अनुकरणिय कार्य गरेको उहाँको भनाई थियो । उहाँले बिद्यार्थीलाई छात्रवृतिसंगै अभिभावकलाई पढाई प्रति प्रेरणाको खाँचो औल्याउँदै यसतर्फ पनि ध्यान दिन संस्थालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवरबाट बञ्चित विपन्न, असाहाय अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्तापित एवम् जोखिममा रहेका बालबालिकालाई न्युनतम शिक्षाको अवसर दिलाउने तथा शिक्षाका अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने उदेश्यका संस्था स्थापना भएको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थामा आवद्ध भएर जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन सबैलाई आग्रह गर्नुभयो ।साधारणसभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाको अक्षयकोषमा हालसम्म करीब १६ लाख रुपैयाँ जम्मा भईसकेको छ । संस्थामा हालसम्म आजिवन सदस्य ८० जना, विशिष्ट सदस्य १० जना, साधारण सदस्य १७ जना र संस्थागत सदस्य २४ जना गरि कुल १३१ जना सदस्य आवद्ध हुनु भएको छ ।
९ जनालाई छात्रवृति प्रदान
साधारण सभाका अवसरमा संस्थाले मकवानपुर जिल्लाका कक्षा १० देखि १२ सम्मका ९ जना बिद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गरेको छ । संस्थाले कक्षा ११ र १२ का ६ जनालाई जनही १० हजारका दरले र कक्षा ९ र १० का ३ जनालाई ८ हजारका दरले छात्रबृति प्रदान गरेको थियो ।संस्थाको कार्यविधि अनुसार निवेदन आव्हान गरेका मध्ये छनौट समितिको सिफारिस अनुसार कक्षा १२ मा अध्यनरत महेन्द्र किरण मावि मनहरी–७ , का अजय प्रजा, सुस्मिता बोटे, सपना घलान, भूमिका विष्ट, सितास घिमिरे र प्रगति मावि हेटौंडा–९, मा कक्षा ११ मा अध्यनरत विपन खनाललाई नगद १० हजार तथा रोटरी मावि मनहरीमा कक्षा १० मा अध्यनरत मिठुकुमारी कोइरला र कक्षा ९ मा अध्यनरत सौगात गोले तथा जनक मावि बकैयामा कक्षा ९ मा अध्यनरत सलिना माझीलाई जनही नगद ८ हजारका दरले छात्रवृति प्रदान गरेको हो ।
यस्तै संस्थाको वार्षिकोत्वका अवसरमा संस्थाका सचिव बद्रीबहादुर पाठक र रेडियो नेपालकर्मी, बिश्वराम अधिकारी (विवश) लाई संस्थाको प्रगतिका लागि योगदान गरेको भन्दै प्रमाणपत्रद्धारा सम्मान गरेको थियो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीलगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।
मकवानपुर शैक्षिक र स्वास्थ्यको हव बन्दैछ – पौडेल
साधारण सभाका अवसरमा प्रमुख अतिथि पौडेलले मकवानपुर जिल्ला शैक्षिक एवम् स्वास्थ्यको हवका रुपमा विकास भईरहेको बताउनु भएको छ । मकवानपुर जिल्लामा स्वास्थ्य र शिक्षा सम्बन्धी पाँचवटा विश्वविद्यालय नै सञ्चालनमा रहेको भन्दै बिस्तारै शैक्षिक र स्वास्थ्यको हवका रुपमा विकास भईरहेको बताउनुभयो ।उहाँले हेटौंडामा वन विज्ञान विश्व विद्यालय, कृषि विश्व विद्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी विश्व विद्यालय (थाहा नगरपालिका, चित्लाङ्) सञ्चालनमा आइसकेको र मकवानपुर विश्व विद्यालय (प्रदेश विश्व विद्यालय) सञ्चालनको क्रममा रहेको बताउनुभयो । अबको १५ दिन पछि मकवानपुर क्याम्पस प्रदेश विश्वका रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
