सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–७ मा नेपालहरुको बंशज संस्था गठन गरिएको छ । शनिबार सानो सिरुवारिमा भएको भेलाले नन्द लाल नेपालको अध्यक्षतामा चौतारा साँगाचोकगढी नगरपालिका ७ नम्वर वडा तदर्थ कार्यसमिति गठन गरेको हो । तदर्थ कार्यसमितिको अध्यक्षमा नन्द लाल नेपाल, उपाध्यक्ष दुर्गा प्रसाद नेपाल, सचिव चन्द्र हरि नेपाल , कोष अध्यक्ष राम प्रसाद नेपाल, सह–सचिब सहदेब नेपाल रहनुभएको छ । सदस्यहरुमा अर्जुन बहदुर नेपाल, हरि प्रसाद नेपाल, शारदा नेपाल, राम नेपाल, बिजय नेपाल, केशब नेपाल, यम नाथ नेपाल, उज्वल नेपाल, पबित्रा नेपाल तारा प्रसाद नेपाल रहेको तदर्थ कार्यसमिति जनाएको छ । त्यसैगरी सल्लाहकार समिती संयोजकमा हिरा प्रसाद नेपाल, हरि बहादुर नेपाल, रबिरमण नेपाल, शुक प्रसाद नेपाल, खुल प्रसाद नेपाल रहनु भएको छ ।
तदर्थ समितिले वडाका नेपालहरुको तथ्याङ्क सङ्कलन गरि नेपाल जातीको हक हितको लागि नेपाल वंशज गठन गरेको सह–सचिव शहदेव नेपालले जानकारी दिनुभयो ।
