सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले आफ्ना गाँउ पालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुका बालबालिकाहरुलाई अपनबार्य सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ ।
चैत्र २५ गते बसेको गाउँपालिकाको बैठकले सामुदायिक विद्यालयप्रतिको विश्वासलाई जीवन्त राख्नका लागि जनप्रतिनिधि कर्मचारी र शिक्षकहरुलाइ सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिकाहरुलाई अध्ययन गराउन निर्णय गरेको हो ।सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय लगायत समग्र पक्षको सुदृढिकीकरण गरि गुणस्तरियता कायम गर्ने प्रतिवद्धतासहित बलेफी गाउँपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष गंगाबहादुर तामाङले बताउँनु भयो । उँहाले यस सम्बन्धमा सार्बजनीक सुचना जारी समेत गर्नू भएको छ ।
