सम्पर्क

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ७ लाख ६१ हजार रमक संकलन

सुनकोशी गाँउपालिका वडा नं. ५ बर्थान स्थित रहेको बर्दानेश्वर महादेव मन्दिरमा बर्दानेश्वर महादेव मन्दिर संरक्षण समितिद्वारा मन्दिरको भौतिक संरचना निर्माणार्थ लगाईएको श्रीमत भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव २०८० मा ७ लाख ६१ हजार रूपैयाँ संकलन भएको छ । बर्दानेश्वर महादेव मन्दिर भौतिक संरचना निर्माणार्थ नेपालका प्रखर युवा बाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान कर्ता हरिचन्द्र तिमल्सिनाको मुखारविन्दबाट साथै राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुबाट देवलीला झाकीको साथमा गत चैत्र १७ गते देखि चैत्र २५ गतेसम्म आयोजना भएको श्रीमद भागवत सप्ताह ज्ञन महायज्ञ धार्मिक महोत्सवमा सुनकोशीका ७ वटै वडा सिन्धुपाल्चोक काभ्रेपलान्चोक, दोलखा, रामेछाप ,काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट,गोरखा, धादिङ लगाएतका जिल्लाहरूदेखि भक्त जनहरूको बाक्लो उपस्थिति रहेको उक्त यज्ञ धार्मिक महोत्सवमा देश तथा बिदेशबाट पनि आर्थिक सहयोग बैंकिङ मार्फत उठेको
संरक्षण समितिका अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । उक्त कार्यक्रममा संस्थागत भन्दा पनि ब्यक्तिगत स्तरबाट आर्थिक सहयोग उठेको थियो । सप्ताहको सबै दिन भक्तजनहरूले आफ्नो दिवंगत पितृहरूको उद्वार र मोक्षाको कामना गर्दै हजारौं भक्तजनको उपस्थित भए पनि २७६ जना भक्त जनहरूबाट नगद दान प्राप्त भएको संरक्षण समितिका अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रमको उत्कृष्ट दान कर्तामा ५५,५०० नगद दान गर्दै सुनकोशी गाउपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना प्रथम दान कर्ता हुनु भएको छ भने ५०,००० नगद दान गर्दै
बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत दोस्रो दान कर्ता हुनु भएको छ । जम्मा ७ लाख ६१ हजार रूपैयाँ संकलन भएको संरक्षण समितिले जनाएको छ । कार्यक्रममा उठेको पैसाले सप्ताहको खर्च गर्ने र बचेको पैसाले मन्दिरको छाना, आगन,लगाएत संरचना निर्माण गरिने पनि समितिले जनाएको छ ।