सम्पर्क

ब्रेकिङ न्युज १

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २५ जेठः गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ । पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार, राजनीतिक पार्टीका नेता, समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी अवलोकनमा आउनेक्रम जारी रहेको तथा केही विशिष्ट पदाधिकारीहरूबाट पनि प्रदर्शनी हेर्ने इच्छा व्यक्त भएकाले पुनः समय थप गरी जेठ मसान्तसम्म पुर्याएको रासस व्यवस्थापनले जनाएको छ । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गर्नुभएको प्रदर्शनी यसअघि यही जेठ १७ गते एक हप्ताका लागि समय थप भई जेठ २४ गतेसम्म पुर्याइएको थियो । रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी अवलोकनका लागि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट पदाधिकारी, पूर्वाधारविज्ञ, पत्रकार, चित्रकारसहित आमसर्वसाधारणको आउनेक्र...

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २४ जेठः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुग्नुभएका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रुपले कम्पनी चलाउन सकिँदैन, संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्गप्रशस्त गरिदिनुस् ।” तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेट एकापसमा गाभिए पनि कानुनी रुपमा देखिएको समस्या समाधानमा मन्त्री ...

परराष्ट्र मामिला बिटमा कलम चलाउँदा थप संवेदनशील हुन काउन्सिलको सुझावः बेग्लै सञ्चार निर्देशिकाको गृहकार्य

ब्रेकिङ न्युज १, विचार, समाचार
  प्रेस काउन्सिल नेपालले परराष्ट्र मामिला विटमा रिपोर्टिग् गरिरहेका सञ्चारकर्मीसँग विषयगत समस्या र आगामी बाटोबारे छलफल सुरु गरेको छ । बुधबार काउन्सिल सभाहलमा भएको छलफलमा सहभागीले विदेश मामिला रिपोर्टिङका सन्दर्भमा भएका समस्याबारे अवगत गराएका थिए ।सो क्रममा सहभागीले यो बिटमा रिपोर्टिङमा सहजता र मिडियामार्फत उठाउनुपर्ने विषयवस्तुबारे विभिन्न धारणा राखेका थिए ।सहभागीले विदेशी मामिलासम्बन्धी समाचार संकलन, सम्पादनका लागि सहजताका लागि आवश्यक सञ्चार निर्देशिकाको खाँचो समेत औंल्याएका थिए ।प्रेस काउन्सिलले जारी गरेको आचारसंहिताका बुँदामा थप विस्तृत र स्पष्ट उल्लेख हुनुपर्ने तथा अन्य (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता) सञ्चार निर्देशिका जस्तै विदेश मामिलाका सन्दर्भमा पनि के कस्ता शब्द वाक्यांश प्रयोग गर्ने, राष्ट्रियता जोडिएका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने निर्देशिका जरुरी रहेको...

जुगल–१ लाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामाकरण गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
 दुर्गा श्रेष्ठ जुगल गाउँपालिकाले जुगल–१ हिमाललाई नेपाल–कोरिया फ्रेण्डसिप पिक नामाकरण गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धन गरी हिमाली क्षेत्रका वासिन्दाको जीवनस्तर उकास्ने रणनीतिक लक्ष्य हासिल गर्न कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । नामाकरणपछि गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने, ‘नेपाल–कोरियाको दौत्य सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन यस्तो निर्णय गरिएको छ ।’ निर्णयले दक्षिण कोरिया खुसी भएर हिमाल आरोहण गर्न अन्य देशका पर्वतारोहीसहित पर्यटक लिएर आउने गाउँपालिकाले अपेक्षा राखेको छ ।  दोस्रो प्रयत्नमा नेपाल र कोरियाका सात पर्वतारोहीले ६५९१ मिटर उचाइको जुगल हिमाल २१ वैशाखमा सफलतापूर्वक आरोहण गरेका थिए । गाउँपालिकाले हिमाल आरोहण सफल भएको दिनलाई जुगल डेको रुपमा विभिन्न कार्यक्रम गरी वर्षेनी उत्सव मनाउने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले ६ वैशाखमा पर्वतारोहीलाई खा...

अपागंतासँग सम्बन्धित संस्थाद्धारा अनसनमा ऐक्यवद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लामा रहेका अपागंतासँग सम्बन्धित संस्थाहरुले काठमाण्डौंको शान्ति बाटिकामा गरिएको अनसनप्रती ऐक्यबद्धता जनाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत उनिहरुले ऐक्यबद्धता जनाएका हुन् ।  ऐक्यबद्धता पत्रमा म्याग्दे गाउँपालिका–७, निबासी पूर्ण अशक्त शारिरिक अपागंता भएका व्यक्ति दिपक भण्डारी नेपाल सरकारले ऐन कानुनमा व्यबस्था भए बमोजिम हक अधिकार र सेवा सुविधाहरू कार्यान्वयन गरियोस् भनि काठमाण्डौ स्थित शान्ती बाटिकामा जारि अनिष्चित कालिन अनसन प्रति नगर अपाङ्गता समन्वय समिति अवधारणालाई स्थापीत गन क्रियाशिल समन्वय समितिहरुको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन–कानुनका साथै यस अगाडिका सम्पुर्ण सहमतिको अक्षरस कार्यान्वयनको लागि नेपाल सरकार संग जोडदार माग गर्दै पूर्ण अपाङ्गता भएका व्यक्ति दिपक भण्डारीको जिवन रक्षाका निम्ती सिन...

सहमतिकै आधारमा काम गर्न नगर प्रमुख सापकोटाको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले आफु नगरपालिकाका सबै वडा र सबै नागरिकको अभिभाक भएकाले कुनै पनी राजनिती दल तथा कसैको दबाबमा रहेर काम नगर्ने नगरका सबै नागरिकलाई समान व्यवहार गरीरहेको बताउँनु भएको छ । नगर प्रमुख सापकोटाले वडा नं. ९ को उपभोक्ता समितीका बिबादका बारेमा वडाअध्यक्षहरु सहितको प्रतिनिधीसँग कुरा गर्दे यस्तो बताउँनु भएको हो । उहाँले वडा नं ९ का दलित बस्ती बिकासका लागी बजेट बिनियोजन गरेको तर आफुले उपभोक्ता समिती गठनमा कुनै दबाब नदिएको तर आफुसँग यस बारेमा कुरा गर्न आएकालाई वडामा बसेर समस्या समधान गर्न अनुरोध गरि पठाएको बताउँनु भयो । नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो । उहाँले ‘सबै प्रमुख दलका प्रतिनिधिलाई...

स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आधारभुत तालिममा नगरका नँया नियुक्ति भएका २१ जना सहभागी रहेको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो ।  कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले राज्यले धेरै सुबिधा दिन नसकेपनि स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सुबिधा बढाउनु पर्नेमा जोड दिनुभयो । वडा ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले समाज परिवर्तनका लागि स्वंसेविकाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । नर्सिङ युनिट प्रमुख रचनाकुमारी श्रेष्ठले तालिममा सिक्ने कुरा हरुको बारेमा जानकारी गराउनुभयो । उहाँले स्वंसेवीकाको काम तथा कर्तव्य बारे जानकार भएर आफ्नो ठाउँमा गएर सोही अनुसार कार्य...

नेत्रज्योतीद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा नेत्रज्योती मिडीया हाउस प्रा.लीद्धारा एक दिने कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ्छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका न्यायीक समितीका सदस्य रामशरण अधिकारीको सभापतित्वमा अर्का न्यायीक समितीका सदस्य रबी खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का, नेपाल बार एशोशियसनका जिल्ला अध्यक्ष अधिवक्ता भुपेन्द्र थिङ लगायतले कानुनका बारेमा जानकारी गराउँनु भएको थियो । सो अबसरमा प्रहरी उपरिक्षक सन्तोष खड्काले सत्यको सँधै बिजय हुने भएकाले सबैले सत्य बोल्ने गर्नुपर्ने बताउँदै समाजमा   हुने कुनैपनी घटनाको जानकारी दिन आग्रह गर्नुभयो । उहाँले प्रहरी सँधै कानुन र सत्यको पक्षमा रहने भएकाल...

जिल्ला स्तरिय शिक्षक भलीबलको पहीलो पुस्कार जुगललाइ

खेलकुद, ब्रेकिङ न्युज १, विचार, समाचार
देबराज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले जितेको छ ।शनीबार सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधी जितेको हो ।जुगलले उपाधीसंगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझोसेटमा पराजित गरेका हुन ।तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद २० हजार प्राप्त गरेको छ ।प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमर...

सिन्धुपाल्चोकमा बलेफी सबैभन्दा कम र हेलम्बु बढी बेरुजु

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहमध्ये बलेफी गाउँपालिका सबैभन्दा कम बेरुजु रकम भएको गाउँपालिकाको सूचिमा सूचिकृत भएको छ । बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको हो ।महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणपछि सार्वजनिक भएको प्रतिवेनद अनुसार १२ वटा पालिका मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी गाँउपालिका छ भने सबैभन्दा बढी बेरुजु भएको पालिकामा हेलम्बु गाँउपालिका परेको छ । कम बेरुजु भएको सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । त्रिपुराले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशक बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंग सहित पछाडीबाट दोस्रो बनेको छ । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले प्रतिकूलताका बाबजुद बेरुजु रकम घटाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।...