सम्पर्क

स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम सुरु

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आधारभुत तालिममा नगरका नँया नियुक्ति भएका २१ जना सहभागी रहेको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो ।  कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले राज्यले धेरै सुबिधा दिन नसकेपनि स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान गरेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सुबिधा बढाउनु पर्नेमा जोड दिनुभयो । वडा ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले समाज परिवर्तनका लागि स्वंसेविकाको महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो । नर्सिङ युनिट प्रमुख रचनाकुमारी श्रेष्ठले तालिममा सिक्ने कुरा हरुको बारेमा जानकारी गराउनुभयो । उहाँले स्वंसेवीकाको काम तथा कर्तव्य बारे जानकार भएर आफ्नो ठाउँमा गएर सोही अनुसार कार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रमको औचित्य बारे प्रष्ट पार्दै सिन्धुकोट स्वास्थ्य चौकीका प्रमुख महेश सिंहले महिला स्वास्थ्य स्वंसेविकालाई दक्ष बनाउन यो कार्यक्रम आयोजना गरिएकोे बताउनुभयो । कार्यक्रममा मेलम्ची नगर अस्पतालका प्रमुख श्रीराम अर्याल, नगरका महिला बालबालिका तथा सामाजिक समाबेशिकरण शाखका प्रमुख राजेन्द्र दुलाल लगायतको उपस्थिति रहेको थियो ।