सम्पर्क

निष्कृय कबुलियती समुहलाई सकृय गर्दै वन कार्यलय सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्ला वन डिभिजनल कार्यालयले जिल्लामा रहेका निष्कृय कबुलियती वन समुहहरुलाई सकृय गराउँदै जिम्मेवारी दिने काम सुरु गरेको छ । स्थायी रुपमा नै वन डढेलो नियन्त्रणको उपायहरु खोजी गरिरहेको जिल्ला वन कार्यालयले यस बर्षदेखी कबुलियती वन समुहलाई सकृय गराउँदै सकृय रहेको केहि समुहहरुलाई झाडी सुधारका साथै बिरुवा रोप्नका लागी समेत अनुदान बजेटको व्यवस्था गरेको छ ।
वन कार्यालयका सुचना अधिकारी भक्त श्रेष्ठले बन जोगाउँनु नै यस कार्यालयको मुख्य उद्धेश्य भएकाले कबुलियती वन समुह, सामुदायीक वन समुहहरुलाई सकृय गराउँदै वन संरक्षण तथा डढेलो रोकथामका लागी आबश्यक कार्यक्रम गरिने बताउँनु भयो । यसै सन्र्दभमा चौतारा साँगाचोकगढी नगरपालिकाभित्र रहेको कबुलियती बन समुहहरु समुहमा मात्रै सिमित भएपछि डिभिजनल वन कार्यालयले सहजकर्ता मार्फत सक्रिय गराउँन थालेको छ । वन डिभिजनल कार्यालय सिन्धुपाल्चोकले रेन्जर भुगोल नेपाल सहितका टोलिहरुले चौतारा साँगाचोकगढी नगरपालिका १४ मा निष्कृय रहेका समुहहरुसँग अन्तरक्रिया गरेको छ । सहजकर्ता सन्तोषी बस्नेत सहितको समुहहरुको भेला बसेर निष्कृय रहेकालाई सकृय गराउँन लागिएको नेपालले बताउँनु भयो । यसका साथै नेपालले कबुलियती बनहरुको समेत स्थलगत अनुगमन गर्नुभयो । सो अबसरमा वनको संरक्षणका लागी कार्यक्रमको प्रस्ताव गर्न आग्रह गर्दै फलफुल तथा जडीबुटी खेतीका लागी वन कार्यालयले बिरुवा अनुदान दिईरहेको बताउँनु भयो । स्थानीय कबुलियती वन समेहहरुसँगको अन्तरक्रिया गर्दै नेपालले सरकारले स्थानिय नागरिकको लागि बाँझो रहेको जमिन सदुपयोग गरि उत्पादनमुखी काम गर्नका लागि समूह बनाएर कबुलियति वनको बिकास गरेको हुँदा, उक्त वनमा आयआर्जन तथा उपलब्ध मुलक योजनाकम लागि सरकारले सहयोग गरिरहेकोले यसतर्फ समूहहरुको पनि चासो हुन पर्ने बताउनु भयो । साहयक वन अधिकृत रमेश दुलालले सामुदायक वन उपभोक्ता समितीहरुलाई सकृय हुनका लागी बन कार्यालयले पनि सहज गरिदिएको बताउँदै आर्थिक बिधेयक, २०८१ बमोजिम स्थायी लेखा नम्बर लिन छुट भएका वन उपभोक्ता समूहहरुले आ.व. २०७८।७९ र आ.व. २०७९।८० को मात्र आय विवरण बुझाएपछि स्थायी लेखा नम्बर लिन पाउने भएको बताउँदै सबै वन उपभोक्ता समूहहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिन र लिईसकेकाहरुले कर चुक्ता गर्न र संस्थाहरुलाई सकृय गराराख्न अनुरोध गर्दै वन कार्यलय बाट पाउँने सुबिधा लिनसमेत अनुरोध गर्नुभयो ।
रेन्जर नेपालका अनुसार सिन्धुपाल्चोक जिल्लामा हालसम्म ४ सय १३ वटा कबुलियती वन समुह रहेकोमा पुरै निष्कृय १ सय ३६ रहेका छन् भने सक्रिय १ सय २५ समृह रहेका छन् । बाँकी १ सय ५२ मध्यम रहेको वन कार्यालयले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लमा ५ वटा सव डिभिजन कार्यलय छ चौतारा, बाह्र्बिसे, नवलपुर, मेलम्ची र जलविरे रहेका छन् । मेलम्चीमा सकृय समुह २२ वटा छन् भने निष्कृय १६ मध्यम २७ गरी जम्मा ६५ समुह रहेको छ । जलबीरेमा सकृय समुह २५ मध्यम २९ र निस्क्रीय ५५ गरी जम्मा १०९ समुह रहेका छन् । यसैगरी नवलपुरमा सकृय ५८ मध्यम २८ निस्क्रीय १९ गरी १०५ समुह रहेको छन् । बाह्र्रबिसेमा सक्रिय ३ मध्यम २१ र निस्क्रीय १४ गरि जम्मा ३८ समुह रहेका छन यसैगरी चौतारामा जम्मा ९६ वटा समुह मध्य १७ वटा मात्र सक्रिय रहेको छन् । चौतारामा मध्यम ४७ र निष्कृय ३२ वटा समुह रहेको छ त्यस मध्य केही समुहलाई बिरुवा रोप्नका लागी आवश्यक अनुदान सहयोग समेत गरिएको छ ।