सम्पर्क

नेत्रज्योतीद्धारा कानुनी परामर्श तथा अभिमुखीकरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा नेत्रज्योती मिडीया हाउस प्रा.लीद्धारा एक दिने कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ्छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष उद्धव नेपालको प्रमुख अतिथ्यतामा भएको अभिमुखीकरण कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका न्यायीक समितीका सदस्य रामशरण अधिकारीको सभापतित्वमा अर्का न्यायीक समितीका सदस्य रबी खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष खड्का, नेपाल बार एशोशियसनका जिल्ला अध्यक्ष अधिवक्ता भुपेन्द्र थिङ लगायतले कानुनका बारेमा जानकारी गराउँनु भएको थियो । सो अबसरमा प्रहरी उपरिक्षक सन्तोष खड्काले सत्यको सँधै बिजय हुने भएकाले सबैले सत्य बोल्ने गर्नुपर्ने बताउँदै समाजमा   हुने कुनैपनी घटनाको जानकारी दिन आग्रह गर्नुभयो । उहाँले प्रहरी सँधै कानुन र सत्यको पक्षमा रहने भएकाले कानुन बिपरित काम गर्ने बताउँनु भयो । अधिवक्ता भुपेन्द्र बहादुर थिङले बालबिवाह, झैझगडा जस्तो सुकै खालको गैर कानुनी काम गर्नेलाई कानुनले छुट नदिने भएकोले सबैले सामान्य रुपमा कानुन जान्नपर्ने भएकाले यो कार्यक्रमको आवश्यकता भएको बताउँदै नजानेर गल्ती गरे भन्दैमा कानुनले छुट नदिने बताउँनु भयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष उद्धव नेपालले सबै नागरिकले कानुनका बारेमा जानकारी पाउँन भनेर यो कार्यक्रमको आयोजना गरेकोले यहाँ उपस्थिती हुन नसक्नु भएकालाई उपस्थिती भएर आज कुरा बुझ्नेहरुले आफुले जानेका कुरा सिकाएर सबैको कानमा कानुनी बिषयको जानकार गराउँन अनुरोध गर्नुभयो । कार्यक्रममा सामाजीक मेलमिलाप समाज सिन्धुपाल्चोकका प्रमुख सल्लाहकार रामचन्द्र बस्नेत, पूर्ब वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ, शिक्षक लाल बहादुर श्रेष्ठ, मिडीया हाउसका नेत्र बहादुर बस्नेत लगाएतले शुभकामाना मनतब्य दिनुभएको थियो । वडाका राजनीतिदलका प्रतीनिधीहरु बिभिन्न संघसंस्थाका प्रतिनीधी तथा नागरिकहरुको उपस्थितीमा सामुदायक भवनमा भएको कार्यक्रमको सञ्चालन शिक्षक हरि पौडेललले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेत्रज्योती कृषी सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपाल स्थानीय समाजसेवी राजेन्द्र बस्नेत, निराजन कार्की लगाएतले गर्नुभएको थिेयो । १४ नं. वडा कार्यालयको आर्थीक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।