सम्पर्क

तेक्वान्दो प्रतियोगिताको क्योरुगी र पुम्से दुबै विधामा हिराहरी प्रथम

चौतारा साँगाचोकगढी नगरपालिका – ५ बनदेबी मावि भुलभुलेमा प्रथम हिराहरी नगर स्तरिय क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ । क्योरुगी तर्फ १३ स्वर्ण, १ रजत, २ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञकझ टिम प्रथम, ४ स्वर्ण, ४ रजत सहित तातोपानी तेक्वान्दो डोजाङ्ग द्वितीय र १ स्वर्ण , ७ रजत , २ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञखझ तृतीय भएको छ ।
पुम्सेतर्फ भने ७ स्वर्ण , ३ रजत, १ कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञकझ टिम प्रथम, ४ स्वर्ण, १ रजत, कास्य सहित हिराहरी तेक्वान्दो डोजाङ्ग ञखझ द्वितीय र १ स्वर्ण , २ रजत , १ कास्य सहित तातोपानी तेक्वान्दो डोजाङ्ग तृतीय भएको छ । हिराहरी तेक्वान्दो डोजाङ्ग स्थापनाको ८ औं बार्षिक उत्सबको सु अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक सहयोग, नगर खेलकुद विकास समिति र नगर शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय र हिराहरी तेक्वान्दो डोजाङ्गको आयोजनामा नगर स्तरिय प्रतियोगितामा तातोपानी तेक्वान्दो डोजाङ्ग अतिथी टीमको रुपमा रहेको थियो ।
प्रतियोगिताको महिला पुम्से विधामा तातोपानी तेक्वान्दो डोजाङ्गका खेलाडी रेखा खड्का र पुरुषमा हिराहरी तेक्वान्दो डोजाङ्ग चौताराका खेलाडी निशान ढुङ्गाना उत्कृष्ट हुन सफल भएको छ । तेस्तै गरि क्योरुगी अर्थात् फाइट विधा तर्फ भने हिराहरी तेक्वान्दो डोजाङ्गकाद्वय खेलाडी पुरुषमा सचिन तामाङ र महिलामा मेनुका श्रेष्ठ उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भए सङै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिकाका खेलकुद तथा प्रतियोगिता संयोजक रमेश गुरुङले गर्नुभएको थियो । प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, विशेष अतिथी, चौतारा ५ नं. वडाका वडा सदस्य रामबहादुर घले, बनदेबी माविका विव्यस अध्यक्ष अर्जुन विक, अतिथिमा नगर रोजगार शाखाका संयोजक चिरञ्जीवी कट्टेल, तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।