सम्पर्क

सहमतिकै आधारमा काम गर्न नगर प्रमुख सापकोटाको आग्रह

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाले आफु नगरपालिकाका सबै वडा र सबै नागरिकको अभिभाक भएकाले कुनै पनी राजनिती दल तथा कसैको दबाबमा रहेर काम नगर्ने नगरका सबै नागरिकलाई समान व्यवहार गरीरहेको बताउँनु भएको छ ।
नगर प्रमुख सापकोटाले वडा नं. ९ को उपभोक्ता समितीका बिबादका बारेमा वडाअध्यक्षहरु सहितको प्रतिनिधीसँग कुरा गर्दे यस्तो बताउँनु भएको हो । उहाँले वडा नं ९ का दलित बस्ती बिकासका लागी बजेट बिनियोजन गरेको तर आफुले उपभोक्ता समिती गठनमा कुनै दबाब नदिएको तर आफुसँग यस बारेमा कुरा गर्न आएकालाई वडामा बसेर समस्या समधान गर्न अनुरोध गरि पठाएको बताउँनु भयो ।
नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिनुभयो । उहाँले ‘सबै प्रमुख दलका प्रतिनिधिलाई समितिको मुख्य पदहरुमा सहभागी गराऔं’ बरु बैंक खातामा पनि फरक फरक दलकै व्यक्तिको हस्ताक्षर चल्ने गरि निर्णय गरौं भन्नुभयो ।  
   वडा नं. ९ लगाएतका वडाअध्यक्षहरु सहितका प्रतिनिधीहरुले नगर प्रमुखलाई पत्र बुझाउँन जाँदा नगरपालिकाको गेटमा ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नाराबाजी गरिएको थियो । योजनाको उपभोक्ता समिति बनाउदाँ आफ्नो पार्टीको कार्यकर्ता मात्रै समावेश गर्न खोजेको भन्दै आक्रोशित स्थानियले नगरपालिकाको मुख्य भवनको मुलगेटमै नगर प्रमुख विरुद्ध नाराबाजी गरेको हो । आक्रोशित स्थानियका अनुसार चौतारा साँगाचोकगढी ९ को लागि विनियोजित दलित बस्ती विकास शिर्षकको उपभोक्ता समिति बनाउदा नगर प्रमुखले माओवादी पार्टीका कार्यकर्तालाई मात्रै समावेश गर्न खोजेको ले बिरोधमा उत्रनु परेको बिदुर भारतीले जानकारी दिनुभयो । ८ लाख रुपैयाँको सो योजनामा अन्य दलका प्रतिनिधिले समेत समितिको जिम्मेवार पदमा रहन खोजेपछि विवाद उत्पन्न भएको थियो । यसै बिषयलाई लिएर वडा अध्यक्षहरु सहित सिरानचौउर दलित बस्तीका नागरिकहरुले हस्ताक्षर गरी पत्र बुझाएका छन् ।
यसरी बुझाइएको पत्रमा वडा अध्यक्षले गठन गर्न पर्ने उपभोक्ता समिती सिधै नगर प्रमुखको रोहबरमा उपभोक्ता समिती वनाएर काम गर्न लागेकोमा बिरोध जनाएको बताईएको छ । यसअघि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु सहित स्थानीयहरुले स्थानीय जनताको रोहबरमा उपभोक्ता समिती गठन गर्न माग गरीएको र त्यसमा सुनुवाइ नभएपछी बिरोध गर्न लागिएको दुर्गााराज गिरीले बताउँनु भयो । वडाअध्यक्ष बिमल श्रेष्ठले ५ पटकसम्म पनि बस्तिमै पुगेर समिति गठन गर्न खोज्दा पनि सहमति हुन नसकेपछि स्थानीय आक्रोशित भएको बताउँनु भयो । उहाँले उक्त बस्तीमा रहेका नागरिकहरु भेला गराइ पटक पटक उपभोक्ता समिती बनाउँन खोज्दा केही व्यक्तीहरुले नगर प्रमुखको रोशबरमा समिती बनाउाने भनेपछी बिबाद सुरु भएको हो । नगर प्रमुखलाई पत्र बसझाउँने क्रममा वडा नं २ का वडाध्यक्ष सुदिप श्रेष्ठले उपभोक्ता समिति गठन तथा योजनाको रकम भुक्तानी प्रक्रियामा वडाध्यक्षको प्रत्यक्ष संलग्नता हुने गरको भएपनि वडा नं २ मा भने नगर प्रमुखकै रोहवरमा मात्रै सो कार्य गर्ने गरेको बताउँदै मेयरले विकासे काममा वडाध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप गरेकाले नागरिकता सिफारिसमा समेत मेयरले नै हस्ताक्षर गर्न वडाध्यक्ष श्रेष्ठले अनुरोध गर्नुभयो । छलफलमा वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालले नगरप्रमुख सबैको अभिभावक भएकाले उपभोक्ता समितीमा हस्तक्षेप गर्न नहुने बताउँदै वडा समितीबाटै सकेसम्म भेलाबाट नभए सहमती त्यसबाट पनी नभए काम गर्न सक्ने व्यक्तिहरु राखेर वडा का पदाधिकारीहरुले समिती बनाएर गाउँको बिकास गर्न पर्ने बताउँनु भयो ।
वडा नं. १३ का वडा अध्यक्ष राम प्रसाद गौतमले बिकासका कामहरुमा केही बिबाद आउँने गरेको भए पनी वडाअध्यक्षले स्वतन्त्र भएर काम गर्नपर्छ समस्या समाधान हुन्छ र हुनपर्छ भन्दै कुनै वडाअध्यक्षहरुले एकलौटी गर्न खोजेको अबस्थामा माथिल्लो निकायले सम्झाएर बिकासका कामहरु गर्न पर्ने बताउँनु भयो ।