सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय तहमध्ये बलेफी गाउँपालिका सबैभन्दा कम बेरुजु रकम भएको गाउँपालिकाको सूचिमा सूचिकृत भएको छ । बलेफीले ० दशमलब ८० प्रतिशतअंक सहित कम बेरुजु रकम भएको पालिकाहरुमध्ये पहिलो बन्न सफल भएको हो ।
महालेखा परिक्षकको कार्यालयले गरेको लेखा परिक्षणपछि सार्वजनिक भएको प्रतिवेनद अनुसार १२ वटा पालिका मध्ये सबैभन्दा कम बेरुजु भएको पहिलो सूचिमा बलेफी गाँउपालिका छ भने सबैभन्दा बढी बेरुजु भएको पालिकामा हेलम्बु गाँउपालिका परेको छ । कम बेरुजु भएको सूचिको दोस्रो नम्बरमा त्रिपुरा सुन्दरी गाउँपालिका रहेको छ । त्रिपुराले १ दशमलब २७ अंक प्राप्त गरेको छ । हेलम्बुले ४ दशमलब ८१ प्रतिशक बेरुजु बनाउँदा जुगल गाउँपालिकाले ४ दशमलब २७ अंग सहित पछाडीबाट दोस्रो बनेको छ । बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले प्रतिकूलताका बाबजुद बेरुजु रकम घटाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । ‘समय अनुकूल थिएन, हामी सबै मिलेर बेरुजु सुन्यमा झार्ने प्रयास जारी राखेका थियौं, जिल्लाकै कम बेरुजु भएको पालिकामा परेको प्रतिवेदनले खुसी लाग्यो’, उहाँले भन्नुभयो ।
