सम्पर्क

जिल्ला स्तरिय शिक्षक भलीबलको पहीलो पुस्कार जुगललाइ

देबराज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधी जुगल गाउँपालिकाले जितेको छ ।शनीबार सम्पन्न फाइनलमा मेलम्ची नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै जुगलले उपाधी जितेको हो ।जुगलले उपाधीसंगै नगद ५० हजार र उपबिजेता मेलम्चीले ३० हजार प्राप्त गरेको छ । आजै भएको सेमिफाइनलमा मेलम्चीले इन्द्रावती र जुगलले पाँचपोखरीलाई सोझोसेटमा पराजित गरेका हुन ।तेस्रो स्थानका लागि भएको खेलमा पाँचपोखरीले इन्द्रावतीलाई पराजित गर्दै नगद २० हजार प्राप्त गरेको छ ।प्रतियोगितामा जिल्लाका ८ पालिकाका ९ टिम सहभागी रहेको पाँचपोखरी खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।प्रतियोगिताको उत्कृष्ट डिफेन्स मेलम्चीका नेत्रबहादुर तामाङ, उत्कृष्ट लिफ्टर इन्द्रावतीका कृष्ण गिरी, उत्कृष्ट स्पाइकर जुगलका खुमराज वली र उत्कृष्ट खेलाडी पाँचपोखरीका ढकबहादुर खडका घोषित हुनुभयो । 
शुक्रबार बाट सुरु प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका , इन्द्रावती गाउँपालिका , चौतारा सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका , बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागीता रहेको थियो । बिजेतालाई पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले पुरस्कार प्रदान गर्नुभयो ।शिक्षकको पेशासंगै सिर्जनात्मक कार्यको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको पाँचपोखरी खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।आन्तरिक श्रोत एकदमै कम भएको तथा मानव विकास सुचक पनि कम भएको यस पालिकाले हरेक कुरालाई पर्यटनसंग जोडेर अघि बढेको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो । उहाँले यस हिमाली गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा यस खेलले टेवा पुर्याउने बिश्वास व्यक्त गर्नुभयो ।