सिन्धुपाल्चोक जिल्लामा रहेका अपागंतासँग सम्बन्धित संस्थाहरुले काठमाण्डौंको शान्ति बाटिकामा गरिएको अनसनप्रती ऐक्यबद्धता जनाएका छन् । सोमबार जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत उनिहरुले ऐक्यबद्धता जनाएका हुन् ।
ऐक्यबद्धता पत्रमा म्याग्दे गाउँपालिका–७, निबासी पूर्ण अशक्त शारिरिक अपागंता भएका व्यक्ति दिपक भण्डारी नेपाल सरकारले ऐन कानुनमा व्यबस्था भए बमोजिम हक अधिकार र सेवा सुविधाहरू कार्यान्वयन गरियोस् भनि काठमाण्डौ स्थित शान्ती बाटिकामा जारि अनिष्चित कालिन अनसन प्रति नगर अपाङ्गता समन्वय समिति अवधारणालाई स्थापीत गन क्रियाशिल समन्वय समितिहरुको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन–कानुनका साथै यस अगाडिका सम्पुर्ण सहमतिको अक्षरस कार्यान्वयनको लागि नेपाल सरकार संग जोडदार माग गर्दै पूर्ण अपाङ्गता भएका व्यक्ति दिपक भण्डारीको जिवन रक्षाका निम्ती सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय प्रमुख मार्फत सम्बन्धीत निकायमा अपिल गरिएको छ ।
नगर अपाङ्गता समन्वय समितिका सँयोजक सुसिल श्रेष्ठ, बज्रयोगिनी अपाँगमैत्री सहकारी संस्था लिमिटेडका अध्यक्ष चतुर बहादुर तामाङ ,बौद्धिक अपाँगताको अभिभावक संघको अध्यक्ष जानकि श्रेष्ठ , नागरिक उत्थान तथा सामाजिक विकास केन्द्र नेपालको अध्यक्ष अर्पना श्रेष्ठद्धारा हस्ताक्षर रहेको विज्ञप्ती बुझ्दै जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत सुभाष रिजालले प्रमुख जिल्ला अधिकारी आउँनासाथ माथिल्लो निकायमा पठाउँनका लागी पहल गरिदिने बताउँनुभयो ।
