पतञ्जली योग जिल्ला समितिहरुको पदस्थापन
सिन्धुपाल्चोक जिल्लामा पुरुष र महिलाको छुट्टाछुट्टै पतञ्जली योग जिल्ला समिति गठन भएको छ । गठन समितिहरुको शनिबार एक समारोहकोविच पदस्थापना कार्यक्रम समेत भएको छ ।
‘गरौ योग, रहौं निरोग’ भन्ने नाराका साथ पतञ्जली योग समिति सिन्धुपाल्चोकको आयोजनामा पतञ्जली योग समिति जिल्ला स्तरिय महिला र पतञ्जली योग समिति जिल्ला स्तरिय पुरुष समितीको नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम शहिद स्मृती भवन चौतारामा भएको हो ।
पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख ग्रोवेन तौजलेको सभाध्यक्षमा नयाँ नेतृत्वको पदाधिकारीहरुले पदस्थापन गरेका हुन् ।
पतञ्जली योग समिति जिल्ला स्तरिय महिला अध्यक्ष कविता राउत, उपाध्यक्ष शोभा उलक, महामन्त्री बिमला चालिसे, संगठन मन्त्री शिखा लामा, कोषाध्यक्ष अन्जली दुलाल, मन्त्री शुसीला बुढाथोकी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुनिता श्रेष्ठ, गंगा श्रेष्ठ, सरस्वती लामा, गोमा श्रेष्ठ, उस्मिता सि...
