सम्पर्क

उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरण

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नं. वडा कार्यालयले उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरणको कार्यक्रम गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्रका ४ जना बुहारिलाई आफ्नो घरको सासुससुरालाई सम्मान जनक ढङ्गबाट हेरचाह गरेको कारण उत्कृष्ठ बुहारी सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा प्रमिला अधिकारि नेपाल, कल्पना रसाइली, उर्मिला बस्नेत र सानिमाया तामाङ.रहनु भएको छ । यसैबिच शुक्रबार नै वडा कार्यालयले जेष्ठ नागिरकहरुलाई झुल बितरण गरेको छ । वडा कार्यालयमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उद्वव नेपालले जबसम्म आफ्ना अभिभावकलाई मान सम्मान गर्न सकिँदैन तबसम्म आफुले पनि मान सम्मान खोज्न नसकिने बताउदै आफुहरुलाई यो संसार देखाउने आफ्नै पिता मातालाई आश्रममा लगेर राखेर आफू जस्तै महलमा बसेपनि क्षणिक खुशि हुन सक्ला तर स्थायी रुपमा दुखि नै हुनुपर्छ भन्नूभयो । उहाँले जिवन घुमिरहने हो, अहिले हामि तन्नेरी छांै भबिष्यमा हामी बुढा हुन्छौ भन्दै जेष्ठ नागरिकलाई स्याहार सुसार गर्ने बुहारिहरुलाई सम्मान गरिएको बताउँनुभयो । कार्यक्रममा बोल्दै पूर्ब वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले हरेक प्राणीहरुले जन्मेपछि मर्नुपर्छ जन्मदा बच्चा हुने र मर्दा बुढो हुने हरेकको नियम नै होभन्नु हुँदै मानिस बुढो भयो भन्दैमा काम गर्न सकेन भनेर हेप्न नहुने बताउनु भयो । डडुवा भवानि शङ्कर माबिका प्रधानाध्यापक बद्रि प्रसाद नेपालले आफ्ना अभिभावकको मन र मर्म बुझेर छोरा बुहारिले काम गर्नुपर्ने बताउँनु भयो । झमला देवि आधारभुत बिद्यालयका प्रधानाध्यापक तथा स्थानिय समाजसेवि लालबहादुर श्रेष्ठले हरेक जेष्ठ नागिरकलाई सरकारले दिने गरेको भत्ता जम्मा गरेर राख्नका लागी होईन जेष्ठ नागिरकलाई पालन पोषण गर्नका लागि र आवश्यक खर्चका लागि दिएको हुँदा त्यो रकमबाट आफुलाई मन परेका सामान किन्न, मरमसलाहरुका लागि औषधि उपचारको लागी सरकारले दिएको बताउनुभयो । कार्यक्रममा बोल्दै लोकप्रिय सञ्चार समुहका नेत्र बहादुर बस्नेतले मानिस जन्मदा र बुढो भएपछि केहि अचेत अबस्थमा पनि हुन्छन्, कान सुन्दैनन अनि जेष्ठ नागिरकले आफुले सानमा उमेर छदा गरेको कामहरुको सम्झना गर्दै छोरा बुहारी, छोरीहरुलाई भनेको शब्द नराम्रो लाग्न सक्छ तर आफ्ना अभिभावकले भनेका कुराहरुलाई नकारात्मक बचारमा राखेर माता पितासँग रिसाउने गर्नु हुदैन, सँधै हसिलो मुहारले जे खान्छन खान दिनेलाउने, दिने सरसफाई र स्वास्थ्यमा ध्यान दिने गर्नुपर्छ भन्नू भयो ।     जेष्ठ नागरिक समाजका अध्यक्ष रामजी नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बुहारीहरुलाई इलेक्ट्रिक चुल्हो र प्रेसर कुकर दिइएको थियो भने जेष्ठ नागरिकहरुलाई झुल दिएको थियो । वडाकार्यालय सचिव जिवन भण्डारीले सञ्चालन गर्नूभएको कार्यक्रममा वडाका पदाधिकारीहरु समाजसेवीहरुको उपस्थिती रहेको थियो ।