मेलम्ची
आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लिको आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा कर सम्बन्धी जानकारी, आय विवरण, मूल्य अभिबृद्वि कर विवरण, अन्तशुल्क विवरण, अनुमानित कर विवरणको कानुनी व्यवस्था, अनलाइनबाट विवरण प्रविष्टी सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको कर नीति तथा सम्पूर्ण करहरूको बारेमा राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले प्रशिक्षण दिनुभएको थियो । धुलिखेल कर कार्यालयका प्रमुख हरी प्रसाद तिमल्सिनाले करको नितिगत तथा कानुनि कुराहरूको विषयमा प्रशिक्षण गराउनुभयो । धुलिखेल कर कार्यालयका कर अधिकृत अखिल खड्काले करको दायरा, मापदण्ड, लगाएत कर समयमा नतिर्दा हुने बेफाइदाको बारेमा प्रशिक्षण दिनुभयो ।
कर कार्यालय धुलिखेलका नायव सुब्बा तुलसि कुमार मल्लले अनलाइन मार्फत व्यावसायि आफैंले कसरी प्रविष्ठ गर्ने लगाएतका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कर सम्बन्धि प्रशिक्षणबाट व्यवसायीहरू लाभान्वित भएको बताउनुभयो । यस्तो कार्यक्रम व्यवसायीहरूलाई समय अपुग भएकाले बृहत् तयारी गरेर व्यवसायीहरूलाई आफै अनलाइन बाट प्रविष्ट गर्न सक्ने र व्यवसायीको हितको लागि काम गर्ने बताउनुभयो । साथै कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रकास दाहाल, पुर्व उपाध्यक्ष रामकृष्ण चालिसे, समाजसेवी शिद्विनारायण श्रेष्ठ, मेलम्ची नगरउद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल र कोषाध्यक्ष प्रतिमा धितालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मेलम्चीका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहको थियो ।
