सम्पर्क

बिजनेस

नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
दिनेश भण्डारी– नेपाल दशनामी विश्व गिरीको वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम भएको छ । वंशावली समाज भगवत टिकानारायण जितबहादुर गिरी एकता अभियान समिति २०७६ को वंशावली पुस्तक विमोचन तथा जेष्ठ वंशजलाई अभिनन्दन कार्यक्रम पौष १५ गते मझेरी क्याफे लाईभ सेकुवा गठ्ठाघर मा सम्पन्न भएको हो । उक्त कार्यक्रममा दशनामी गिरि भनेको दशनामी संन्यासी परम्परा अन्तर्गत पर्ने एक प्रमुख संन्यासी उपनाम (उपसम्प्रदाय) हो। संक्षेपमा बुझ्दा दशनामी परम्परा के हो? दशनामी संन्यासी परम्पराको स्थापना आदि शंकराचार्यले गरेका हुन्। यस परम्परामा संन्यासीहरूले १० वटा नाम (दश नाम) धारण गरेको कुरा जानकारी गराइएको थियो । गिरि,पर्वत,सागर,तीर्थ,आश्रम,भारती,सरस्वती,पुरी,अरण्य,वन,यी सबैलाई मिलाएर दशनामी भनिएको पुख्र्यौली भनाईहरू सोही बुकमा उल्लेख गरिएको छ। उक्त बुक लेखनमा गिरि को अर्थ गिरि संस्कृत शब्द हो ।अर्थ...
मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, साहित्य, स्वास्थ्य
 देवराज सुवेदी मेलम्ची नगरपालिका र RIMES  को सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा आजबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, RIMES  की देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो । तालिममा मेलम्चीका बिभिन्न वडाका सहभागीहरूको उपस्थिति रहेको थियो। तालिममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन्।...
चौतारा बहुमुखी क्याम्पसमा आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२ सम्पन्न

चौतारा बहुमुखी क्याम्पसमा आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२ सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
चौतारा — सिुन्धुपाल्चोक जिल्लाको चौतारा बहुमुखी क्याम्पसले “आन्तरिक छात्र÷छात्रा ब्याड्मिन्टन प्रतियोगिता २०८२” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।क्याम्पसको वार्षिक पात्रो अनुसार पौष १८ र २० गते आयोजना गरिएको विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने र अनुशासन, सहकार्य तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ।प्रतियोगितामा क्याम्पसमा अध्ययनरत छात्र तथा छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न चरणका खेलहरू प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका थिए। खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलकुद कौशल, धैर्यता र खेल भावना प्रस्तुत गरेका थिए।छात्र तर्फको प्रतिस्पर्धामा मन्जित तामाङ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर...

ज्ञान मन्दिर नमुना मा. बि.को भुतपुर्व विद्यार्थी समाजको अध्यक्षमा मा जनकराज गिरी,

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी वडा नं ७मा रहेको श्री ज्ञान मन्दिर नमुना मा. बि. मेलचौरको भुतपुर्व विद्यार्थी हरुको समाज ले आफ्नो एघारौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । बागमति प्रदेशका पुर्व सामाजिक तथा भौतिक पुर्वाधार विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोकका तथा श्री ज्ञान मन्दिर नमुना मा. बि. का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण दंगालको विशेष आतिथ्यतामा सम्पन्न अत्रिबेशन सम्पन्न भएको रेडीयो सुनकोशीका यज्ञ दङ्गालले जानकारी दिनु भएको छ। उँहाका अनुसार अधिवेशनवाट अध्यक्षमा जनकराज गिरी, उपाध्यक्षमा खिल बहादुर दंगाल, सचिवमा यमराज विक, सहसचिवमा सावित्री दंगाल, कोषाध्यक्षमा सावित्री कार्की दंगालर र सदस्यहरुमा क्रमस ओमकुमार श्रेष्ठ, सुनिल तमाङ्ग, अमृत श्रेष्ठ, रञ्जु श्रेष्ठ, प्रविन दंगाल, सरिता गजु...
मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

मित्रता संघको १०औ अधिवेशन, अध्यक्षमा पुनः मगंले

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
मित्रता संघले आफ्नो १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्य समितीको सर्वसम्मत् गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा भएको सभाले कार्यसमितीको उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा रिता लो तामाङ र कोषाध्यक्षमा ज्ञानीमाया तामाङ निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा हरि भारती, लोपन लामा, लालकाजी तामाङ, अस्मिता मोक्तान, प्रेमबहादुर तामाङ, अष्टबहादुर र राममाया तामाङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले हाल ३५ जना गरीब, असाहय बालबालिकालाई आवा...

ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारण सभा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिुन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १३ मा रहेको ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। चौतारा साँगाचोकगढि नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न १३ का वडाअध्यक्ष श्री रामप्रसाद गौतमको प्रमु अतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनबाट श्री कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ भने श्री दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ।साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको छ। कार्यक्रममा प्रमुख अतिथि राम प्रसाद गौतमले सहकारीताका माध्यमबाट गरिउका हरेक कामहरु पारदर्सीता हुनका लागी सहकारी ऐन बिनीयम र सहकारी सिद्...

श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ को ६५ औं बार्षीक उत्सब सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं बार्षीक उत्सब तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)ले विद्यालयको विकासको लागी सधैं आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले विद्यालको समस्या समाधानका लागी आफु निरन्तर लागिरहेको भन्दै आफु बोल्ने भन्दा पनि काम गरेर देखाउने ब्यक्ति भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुमारी तामाङले बिद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले विद्यालय शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको ...

जिससको वक्तृत्वकला प्रतियोगितामा अभिश्री खड्का पहीलो

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बिहीबार जिससको सभाहलमा “सामाजिक कुरिती र अन्धविस्वास न्युनिकरणमा विद्यार्थीको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा हेलम्बु गाउँपालिकामा रहेको इष्टपोईन्ट एकेडेमीकी अभिश्री खड्काले प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।जिल्लाभरका १२ वटै पालिकाका विद्यालयहरुवाट १९ जना विद्यार्थी प्रतियोगितामा सहभागी हुनुभएको थियो । प्रतियोगितामा विषयबस्तुको गहिराइसम्म पुगेर सवैलाई प्रभावित पार्दै प्रतियोगितामा इष्टप्वाईन्ट एकेडेमी हेलम्बु गाउँपालिका अविश्री खड्का प्रथम हुन भएको मुल्याङ्कन समितीले जनाएको छ । प्रतीयोगितामा थाङपाल माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिकाकी अस्मीता भारती द्धितीय, प्रगती बोडि...
आज राष्टिय पोशाक दिबस

आज राष्टिय पोशाक दिबस

#, कृषि, जिबनशैली, बिजनेस, विचार, समाचार
काठमाडौँ। आज१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि नेपालका युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अट...

आज गुफाडाँडा जलवायु सम्मेलन हुँदै

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकामा रहेको देसकै ऐतिहासिक स्थल मानीने गुफाडाँडामा गुफाडाँडा जलवायु सम्मेलन २०८२” आयोजनागरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा हुने “छैठौँ सम्मेलन बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न हुन भएको हो । सम्मेलनमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ, स्वास्थ्य मन्त्री किरण थापा र वन तथा वातावरण मन्त्री भरतबहादुर केसीको विशेष आतिथ्य रहने कार्यक्रम छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, सिन्धुपाल्चोक जिल्लाभित्रका १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, छिमेकी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, साथै जिल्लास्थित सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको...