काठमाडौँ। आज१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो
, विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि नेपालका युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्।“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्त्व छ ।नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोशाकको रूपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोशाक (दौरा सुरुवाल,टोपी,गुन्यू चोली) लाई सरकारले औपचारिक पोशाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको मुख्य उद्धेश्य रहेको पाइएको छ । हरेक देशको आफ्नो पोसाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछ त्यसैसरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोसाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोसाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।“ढाका “नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान ।
ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।
